देशमा अहिलेको संकटको सहि निकास जनपक्षीय अन्तरिम सरकार : आजपा

दाश पन्न्नालाल दाश पन्न्नालाल 274 Views
मुन्ना कुमार-
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले युवाहरुलाई ललिपप दिएर झुक्याउने प्रयासको टिप्पणी
  •  जेनजी पुस्ताको आन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सीमित गर्ने षड्यन्त्र भइरहेको
  • उनले भ्रष्टाचार केन्द्र सरकार र प्रदेश सरकारमा रहेको र संकटको निकास दलाल दलतन्त्रको अन्त्य र जनपक्षीय अन्तरिम सरकार

काठमान्डौ, २६ भदौ —- आम जनता पार्टी (आजपा)ले जेन-जि युवा पुस्हतारुलाई ललिपप दिएर झुक्याउने प्रयास भइरहेको टिप्पणी गरेको छ ।

आजपाका केन्द्रिय अध्यक्ष प्रभु साहले विषम परिस्थितिमा एक विज्ञप्ति निकालेर जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलनलाई नेतृत्वको फेस चेञ्जमा मात्र सिमित गर्ने षड्यन्त्र भइरहेको भएको टिप्पणी गरेका हुन्।

‘आन्दोलनले चाहेको समग्र बदलाव हो; लुट भ्रष्टाचारको अन्त्य र अवस्थामा सुधार हो’ उनले भनेका छन्, ‘तपाई हामी सबैलाई थाहा छ, फैक्ट्री जस्तो हुन्छ – उत्पादन त्यस्तै हुन्छ । अर्थात, गलत सिस्टम, संरचना र नेतृत्वका कारण देशको यो दुरगति भएको हो।’

भ्रष्टाचार केन्द्र सरकारमा मात्र नभएर स्थनीय र प्रदेश सरकारमा समेत रहेको उनले बताएका छन्। उनी अगाडि लेख्छन्, ‘यो सार्वभौम सत्यलाई स्वीकार्नुको सट्टा युवाहरुलाई ललिपप दिएर झुक्याउने जुन प्रयास भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन ।’

जेनजीपुस्तलाई पनि उनले आग्रह गर्दै सतहमा नरमाउन र समस्याको गहिराइमा पुगेर सामाधानको उपाय अपनाउन आग्रह गरेका छन् ।

उनी लेख्छन्, ‘जेनजी भाई बहिनीहरुलाई भन्न चाहन्छु– सतहमा रमाउने हैन, समस्याको गहिराइमा पुगौ । समस्याको सामाधान सिर्फ नेतृत्वमा हैन, व्यवस्थामा खोजौ । नत्र तपाई हामीले गरेको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ ।’

अहिलेको संकटको एक मात्र सही निकास दलाल दलतन्त्रको अन्त्य, जनपक्षिय अन्तिरिम सरकार भएको पनि उनले बताए ।

 

प्रतिक्रिया
Share This Article