संवाहक




जिल्लाको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालित योग्यशिला लगायत १२ वटा अस्पताल र क्लिनिकहरू बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएका थिए ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका निजी अस्पताल र क्लिनिकहरू सञ्चालनमा रहेको पाइएको सचिवालयले जनाए।
अनुगमनको क्रममा प्रादेशिक अस्पताल कलैयामा समेत निरिक्षण गरि उपचार बारे जानकारी लिदै आवश्यक सुधारको निर्देशन दिएका थिए।
कलैयाको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।
यसरी मुख्यमन्त्री र मेयर क्षेत्राधिकारको लडाईमा भिडेपछि निजि अस्पतालका सञ्चालकको रजाई भएको छ। सोही अवस्थामा बिरामीसँग भए नभएको सेवा सुविधाको नाममा मनलाग्दी रकम असुल्ने भएको छ।
विरामीलाई प्रादेशिक अस्पताल कलैयामा भिडयो एक्सरे नाममको लागि पछि सबै रोगीको उपचार र रगत पिसाब जस्ता विभिन्न ल्याव परिक्षण प्राईबेट क्लिनिक र अस्ताल मै पठाउने बदनियतिले आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकोमा मुख्यमन्त्रीले कदम चालोस भन्ने जनअपेक्षा छ।