संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
सरोज दास–
१९ चैत, कलैया– नेपाल पत्रकार महासंघ बारा शाखाले स्व. पत्रकार सुरेश रजकको न्यायको लागि आज बाराको उधोग बाणिज्य संघ कलैया को सभा हलमा सरोकारवालासँग छलफल कार्यक्रम गरेको छ।
महासंघका कार्यवाहक अध्यक्ष पन्नालाल दासको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यमा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो।
चैत १५ गते राजवादी आन्दोलनको हिंसात्मक समूहले काठमान्डौको तिनकुनेमा हत्या भएको स्व. पत्रकार सुरेश रजकलाई न्याय संचारगृह र संचारकर्मीहरुको सुरक्षा एवं दोषीलाई कार्यवाहीको लागि सरोकारवाला संगठनसँग छलफल गरेको हो।
प्रमुख अतिथि पासवानले स्व. पत्रकार रजकलाई न्यायको लागि केन्द्रीय महासंघ सर्कुलर जारी गरि देशव्यापी विरोधका कार्यक्रम गरिरहेको अवस्था छ। राजावादीको प्रदर्शनले स्व. पत्रकार रजकको निर्मम रुपले हत्या गरेकोले दोषीलाई पता लगाई कडा कार्यावही गर्न सरकारसँग माग गरेका हुन्।
त्यसै गरि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले स्व. पत्रकार रजकको आन्दोलनरत पक्षबाट हत्या गरिएको भर्त्सना गर्दै मृतक परिवारलाई भरनपोषण सहितको व्यवस्त्थापन गर्न सरकार सँग माग गरेका हुन्।
यो कार्य निनदनिय हो। संचारकर्मी ऐना हो । यसले समाजमा भएगरेको किरा चाहे विकास, वेतिथि, भ्रष्टाचार उजागर गर्ने दायित्व निर्वाह गर्ने सिलसिलामा जनताले संविधान सभाबाट ल्यएको गणतान्त्रिक व्यवस्था फाल्न पत्रकारलाई निसाना बनाउनु अपराध हो। अक्षम्य पाप हो, उनले भने।
लोलतान्त्रिक गणतान्त्रिक व्यवस्था अंगालेका दल र नेताले पत्रकार सुरक्षा र सहयोगको लागि हरदम साथ रहने जसपा नेता यादवले प्रतिबद्ध व्यक्त गर्दै पत्रकारले पनि सत्य लेख्न ठुला पार्टीका मात्रै नबनी नागरिक अन्य दलप्रति सहि सुचना सत्य तथ्य प्रकाशन प्रशारण गरिदिन नचुक्न सूजकाव दिदै फत्रकार सुरक्षा न्यायको सवालमा समर्थन जनउदै पत्रकार सवालमा महासंघको आन्दोलन प्रति एक्यबद्धता जनाए।
माओवादी केन्द्रका कलैया नगर अध्यक्ष मुकेश साहले पत्रकारको सुरक्षा र सहयोगमा हाम्रो साथ हमेशा रहने प्रतिबद्धता व्यक्त गर्दै न्यायका लागि सरकारसँग माग गरेका हुन्।
जनमत पार्टीका प्रभु यादवले तिनकुने आन्दोलनले पत्रकारलाई लारेर आफ्ना शाासन व्यवस्थाको झलको दिन खोजेको बताए। हत्या गरिएका पत्रकार रजकलाई न्याय मिलोस राज्यसँग माग गर्दछु, उनले भने।
यसैगरि लोकतानत्रिक समाजवादीका पार्टीका केन्द्रिय सदस्य डा. कमरुलालह अंसारीले पत्रकारको जिउधनको सुरक्षा आन्दोलका बखत लोकतान्त्रिक पद्धति अंगालेका दल र नेताले यसता जघन्य अपराध कहिल्यै गर्दैन। हामीले पक्षकारलई सधै समाजको पहरेदारको रुपमा लिएको हेर्छौ।जुनवेला पत्रकार सुरक्षा सहयोग साथ समर्थन रहने प्रतिबद्धता जनाउदै उनको न्याययोचित क्षतिपुर्तो र दोषीलाई कडा कार्यवाहीको सरकारसँग माग गरेका थिए।
महासंघ आयोजित छलफल कार्यक्रममा नागरिक समाजका जिल्ला अध्यक्ष उमेशलाल दास, महिला अधिकारकर्मी बबिता जयसवाल,, मानव अधिकार एलायन्सका मधेश प्रदेश अध्यक्ष अनिल तिवारी स्व. पत्रकार रजकको हत्य भएको ठहर गर्दै मानव अधिकारको घोर उलङ्घन गरेेको हुनाले कडा कारयवाही हुनुपर्छ उनको धारणा रहेका थिए।
छलफल कार्यक्रममा पत्रकार महासंघ मधेश प्रदेश सदस्यहरु साजिर मंसुर, बृजमोहन कुश्वाहा, प्रेस सेन्टर नेपाल केन्द्रिरी सदस्यय रामबाबु मेहता, प्रेस युनियन मधेश प्रदेशका अधयक्ष सत्यप्रसाद श्रेेष्ठ , प्रेस मञ्छ्चका जिल्ला अध्यक्ष निखिल पासवान, शिक्षक संघका जिल्ला अध्यक्ष राजकिशोर सहनी , महासंघका पुर्व उपाध्यक्ष राकेश पाण्डेय , प्रेस यनिुयन मधेश प्रदेश सचिव संतोष पाण्डेय लगयतकाले छलफलमा स्व. पत्रकार रजकको घटनाको छानबिन तथा दोषीलाई कार्यवाहीको जोडदार अवाज उठाएका थिए।
लोकतन्त्रका पहरेदार संचारकर्मी र संचार क्षेत्र असुरक्षित बनाएर नागरिक सुरक्षित नहुने भन्दै सहभागी नेता अधििकारकर्मी सरोकारबाला सम्पुर्णले पत्रकारको रक्षार्थ उभिने एक्यबदधता जनाएका छन्।
यसैगरि महासंघद्धारा आयोजित छलफल कार्यक्रमका अध्यक्ष दासले लोकतान्त्रिक प्रणालीमा पत्रकारलाई हत्या गरेर न व्यवस्था परिवर्तन हुन्छ नत अवस्था बदलिन्छ।कलमलाई भाँचेे , क्यमारा माईकलाई फोडेर , आगोमा जलाएर सत्य तथ्य दवाउन सकिन्न। स्व. पत्रकार रजक प्रति श्रद्धाञ्ली व्यक्त गर्दै सरकारले निश्पक्ष छानबीन गरि चाँडोभन्दा चाँडो दोषीलाई कडा कार्यवाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
सम्पन्न छलफल कार्यक्रममा स्वागत मन्तव्य महासंघ बाराका कोषाध्यक्ष रन्जन यादव र संचालन सहसचिव दुश्यन्त चौधरीले गरेका थिए।