सरकारले कुलमानलाई पदबाट हटाएको विरोधमा बारामा समाजवादी युवा संघद्धारा प्रधानमन्त्रीको पुतला दहन

दाश पन्न्नालाल दाश पन्न्नालाल 185 Views

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

१२ चैत, कलैया — सरकारले नेपाल विधुत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  पदबाट हटाएको विरोधमा बारामा समाजवादी मोर्चाका युवा संघले आज कलैयामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।

सरकारको प्रतिपक्षमा रहेका समाजवादी मोर्चाका दल निकट युवा संघले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। पुतला दहन गर्ने क्रममा प्रहरीसँग तछाडमछाड भएका थिए।

समाजवादी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र राज खान , नेकपा एकीकृत समाजवादीका युवा संघका जिल्ला उपाध्यक्ष हरिओम साह, कलैया नगरकमिटी अध्यक्ष अरूण खनाल , युवा संघका कलैया नगर कमिटी अध्यक्ष तारिफ अंसारी, र विपल्ब माओवादी (सि) का युवा संघ संगठनले एकीकृत भई प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गर्दै सरकार विरुद्ध चर्का नारावाजी गरेका थिए।

विरोध प्रदर्शन पछि कजिल्ला सदरमुकाम कलैयाको भरत चोकमा सम्पन्न कोण सभामा नेकपा माओवादी कौन्द्रका मुकेश साह, नेकपा एकीकत समाजवादीका जिल्ला उपसचिव ध्रुव यादव र   बिपल्ब माओवादी ( सी) का युवा संगठनका केन्द्रीय सदस्य जनक राउतले मन्तव्य व्यकत गरेका थिए।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यलाई दिएको छ । शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । 

प्रतिक्रिया
Share This Article