सशस्त्रद्धारा लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा,चालक कता ?

दाश पन्न्नालाल
1 Min Read

७ चैत,  कलैया— बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा लागु आौषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बुधबार राती करिब सावा ९ बजेको समयमा सशस्त्र प्रहरी बिओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले बाराको पचरौता नगरपालिका – ३ रामनगर स्थित हेटौडा रामनगरबाट कोतवाली तर्फ जादै गरेको ना ८ ख ९०२७ नम्बरको ट्रकलाई नियन्त्रणमा हो।

सशस्त्र प्रहरीले ट्रकको सिटको बर्नर भित्र र ट्रकको हुड माथी लुकाई छिपाई राखिएको १०३ किलो लागु औषध गाजा सहित ट्रकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको त्यसको आवश्यक कानुनी कार्यावाही अगाडि बढाएको नेपाल प्रहरी बाराका सुचना अधिकारी एवम् प्रवक्ता डिएसपी बिजय राज पण्डितले जानकारी गराएका छन्।

गाडी रोकी चेक जाँच गरिएको बताईरहदा यसरी समान र गाडी समाउनु अनि चालक फरार हुनु आशंकाको विषय बन्दै आएकोमा यो पटक पनि दोह्रिएको छ।

लागू औषध गाँज र ट्रक नियन्त्रणमा लिई आर्थिक खेलमा चालक र सहचालकलाई भगाईएको श्रोतको दाबी छ। यस विषयमा कुरा गर्दा सशस्त्र प्रनानि क्षेत्रीले यसमा कुनै सत्यता नरहेको प्रतिकृया दिएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *