संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२८ फाागुन, कलैया— बाराको अमलेखगंजमा आज विहानै सावा ९ बजे सवारी दुर्घटना भएको छ। दुर्घटनामा परि एक जना स्कुटी चालक घाईते भएका छन्।
विपरित दिशाबाट आउदै गरेको स्कुटीलाई बसले ठक्कर दिदा स्कुटी चालक मकवानपुरका हेटौडा उपमहानगरपालिका – १४ बस्ने अ.बर्ष ५१ को राजेश घलान घाईते भएका बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङले बताएका छन् ।
स्कुटी चालकको दुबै खुट्टामा चोट लागेमो छ। घाईते भएका घलानलाई उपचारको लागी हेटौडा सरकारी अस्पताल मकवानपुर पठाईएको छ। उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीले बताएका छन्।
जितपुर सिमरा उपमहानगरपालिका – २२ चुरेमाई स्थित पूर्व पश्चिम राजमार्गमा हेटौडाबाट कलैया तर्फ जादै गरेको ना ५ ख ४०७३ न.को दिलजले बसले सोही दिशाबाट आउदै गरेको बा.प्र.०३-००५-प ९२२४ नम्बर स्कुटीलाई ठक्कर दिदा सोही दिशा तर्फ जादै गरेको ना.७ ख ४६३९ न.को टिपरमा ठोकिदा स्कुटी चालक घलान घाइते भएका हुन्।
ठक्कर दिने बस,स्कुटी र,टिपरलाइई अमलेखगंज प्रहरीले नियन्त्रणमा लिईएको छ। टिपर चालक मकवानपुर हेटौडा उपमहानगरपालिका – १९ बस्ने अ.बर्ष ३५ को सोम तामाङ इ.प्र.का.अम्लेखगंजको नियन्त्रणमा रहेको छ भन्ने बस चालक फरार रहेको छ। बस चालकलाई खोजतलास भईरहेको प्रहरीले जनाएको छ।
बसलाई घट्ना स्बथलबाट ल्याउने कार्य भईरहेको र बासमा सवार यात्रुहरुलाई अर्को बसबाट गन्तव्य तर्फ पठाईएको प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी बिजय राज पण्डितले जानकारी गराएका छन्।
घट्ना स्थाल इ.प्र.का.अम्लेखगंजका बरिष्ठ सई कार्कीको कमाण्डमा खटी गएको प्रहरी टोलीले खवर पाउने वितिकै पुगि यात्रुको उद्दारसँगै घाईतेको लागि अस्पताल पठाएका थिए । दुर्घटना स्थल इ.प्र.का. अम्लेखगंजबाट लगभग ७ कि.मी. उत्तरमा रहेको छ।