लागू औषध सहित कुश्वाहा

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

२६ फाागुन, बारा— इलाका प्रहरी कार्यालय सिम्रौनगढले लागु औषध ट्याबलेट सहित एक जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

लागू औषध सहित सिम्रौनगढ नगरपालिका – २ अमृतगंज खाजनी बस्ने अ.बर्ष ३५ को किशोरी प्रसाद कुश्वाहालाई प्रहरीले पक्राउ गरेको हो।

फागुन २३  गते पौने सात  बजेको समयमा सिम्रौनगढ नगरपालिका – २ स्थित रानिवास मन्दिरबाट कुश्वाहालाई चेक जाँच गर्दा शरीरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ट्याबलेट ट्रामाडोल-३२ पिस ट्याबलेट ,Avil – ६ पिस र घर खान तलासीबाट समेत Avil – १६ पिस ट्याबलेट फेला परेको  प्रहरीले जनाएको छ।

कुश्वाहालाई लागु औषध ट्याबलेट फेला परेकोले नियन्त्रणमा लिई कानुनी कार्यवाही अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी विजय राज पण्डितले जानकारी गराएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *