संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
५ फागुन, कलैया — बाराको जितपुरसिमरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भन्ने अर्का एक जना गम्भिर घाईते भएका छन्।
मृत्यु हुनेमा जितपुर सीमरा उपमहानगरपालिका – २ बस्ने अं.वर्ष २५/३० को उदित नारायण झा रहेका छन्।
यसैगरि, घाइते हुनेमा सोही ठाउँका वर्ष १८ को उत्पल आचार्यको दाहिने खुट्टा र टाउकोमा चोट लागि अवस्था गम्भिर रहेको बारा प्रहरीले जनाएको छ।
फागुन ४ गते सावा बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – २ स्थित शुभलाभ ट्रेडर्सको अगाडी बिरगंज पथलैया सडक खण्डमा ट्रकले मोटरसाईकललाई टोकिदा दुर्घटना भएको हो।
पथलैयाबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख २८९५ नं.को ट्रकले विपरित दिशा बाट आउदै गरेको ना ४० प ४१९५ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल सवार घाईते भई उपचारको लागि LS न्युरो अस्पताल परवानिपुरमा पठाईएको थियो।
घाइईतेको उपचारको क्रममा १ जनाको ऐ १: ०२ बजेको समयमा मृत्यु भएको र घाईतेको अस्पतालमा उपचार भईरहेको छ।
ट्रक ट्रक चालक धादिङ जिल्ला गजुरी गाउँपालिका – ६ पोखरी खोला बस्ने अं.वर्ष ३६ को सन्दिप भुजेल र सह-चालक ऐ.ऐ.बस्ने अं.वर्ष २१ को सुशिल थापा सहित दुवैजना प्रहरीको नियन्त्रण रहेको सूचना अधिकारी बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।