संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१ फाागुन, कलेैया — विशेष सूचनाको आधारमा बिहान पौने ८ बजेको समयमा ५ किलो लागू औषध अफिम सहित १ जनालाई इलाका प्रहरी कार्यालय अमलेखगँजले पक्राउ गरेको जनाएको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उप-महानगरपालिका – २१ अमलेखगंँज चोकबाट अहिम सहित मानिसलाई नियन्त्रणमा लिईएको हो।
पक्राउ पर्नेमा मोटर साइकल चालक मकवानपुर कैलाश गाउँपालिका – ६ गोगने वस्ने वर्ष २५ को भुवन सिंह थिङ रहेका छन्।
हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा ३६ प २७१४ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको अवस्त्थाामा पक्राउ परेको प्रहरीले जनाएको छ।
लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी १ जना समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठ जानकारी गराएका छन्।