संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
२६ माघ, कलैया — गुणस्तरीय शिक्षाको लागि विद्यालयलाई भौतिक पुर्वाधार सम्पन्न बनाउन महागढीमाई नगरपालिका- ९ पिप्राविर्तामा नगरप्रमुख उपेन्द्र प्रमाद यादवले शुक्रवार नेपाल गष्ट्रिय माध्यमिक विद्यालय पिप्रा विर्तामा चार कोठे भवनको एक कार्यक्रमका बिच शिलान्यास गरेका छन्।
पुराना भवन जिर्ण भईसकेकोले कक्षाकोठाको अभाावमा विद्यार्थीहरुको पठनपाठनमा समस्या हुँदै आएको अवस्थामा भवन निर्माण पछि सो समाधान हुने मेयर यादवले बताएका छन्।
यस वडामा एक मात्र माद्यमिक विद्यालय छ। स्थानियले भवनको माग गर्दै आएकोमा गुणस्तरिय शिक्षाको लागि चार कोठे भवनको शिलान्यास टेवा पुर्याउने उनले बताए।
यसै आर्थिक वर्षमा कार्य पूरा गर्ने लक्षय अनुरुप निर्धारित समयमा निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई मेयर यादवले निर्देशन समेत दिए।
महागढीमाई नगरपालिकाको कार्यालयले बजेटको जोहो गरेर भएपनि विद्यालयमा पूर्वाधार निर्माण अभियान संचालन गरेको उनले बताए।
शिक्षाको विकासमा नगरपालिका सधै एक कदम अगाडी रहेको र नागरिकको माग अनुसार काम गर्न आफू तत्पर रहेक उनको भनाई थियो।
शिलान्यास भएको ४ कोठे भवनको ६५ लाख लागतमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न हुने र यसकोलागि नगरपालिकाले ५५ लाख एकमुष्ट उपलब्ध गराउने नगर शििक्षा समिति संयोज परमहंश यादबले जानकारी गराएका हुन्।
सो कार्यक्रममा महागढीमाई नगर पालिकाका बडा सदस्य, शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया, नगर शिक्षा समिति संयोजक परमहंश यादव, शिक्षा प्रेमी समाजसेवी रामनरेश दास, स्थानिय दिपनारायण कुश्वाहा , दिनेश पटेल, शिक्षक कर्मचारी लगायतका सहभागिता रहेको प्रधानध्यापक रामायण यादवले जानकारी गराएका छन्।
कक्षाकोठाको अभावमा सकसपुर्ण अध्ययन् अधयापन भईरहेको अवस्था छ । भवन निर्माण छिट्टै भए सो समस्या हदसम्म हटने शिक्षक द्वय रसिद अंसारी र नागेन्द्र कुश्वाहाले बताए।
भवन शिलान्यास सँगै स्थानियमा उत्साह बढेको शिवनाथ यादवले बताए।