संवाहक
अनलाई / राष्ट्रिय दैनिक
२४ माघ, कलैया — विशेष सूचनाको आधारमा पथलैया र मटिअर्वा प्रहरीले साढे ६६ लाख बराबरको समान सहित १ ट्रक नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।
प्रहरी चौकी पथलैयाले आज विहान ६:५० बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौकबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गाडी चेेकजाँच गरेका थिए।
उक्त टोलीले गौरबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ७ ख ४५६३ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको मुल्य रु.६५ लाख २९ हजार ९ सय ५० रुपैया बराबरको कस्मेटिक, जुता, कपडा, औषधी, हाडवेयर लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिईएको जनाईएको छ।
त्यस्तै, प्रहरी चौकी मटिअर्वाले पनि आज दिउँसो साढे ११ बजेको समयमा कलैया उप-महानगरपालिका- १० शनिचरा मठबाट प्रहरी हवलदार प्रितम पटेलको कमाण्डमा खटिएको गस्ती टोलीले रू १ लाख १८ हजार बराबरको कपडाहरू बरामद गरेको छ।
भारतबाट नेपाल तर्फ टाउकोमा बोकि लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखी कपडा फाली फरार रहेकोले उक्त समानहरू नियन्त्रणमा लिईएको प्रहरीको भनाई रहेको छ।
जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई चेेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ६६ लाख ४७ हजार ९ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित १ ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको भईरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।