२३ वटा भारतिय मोटरसाइकल प्रहरी नियन्त्रणमा

संवाहक

अनलाईन / राष्ट्रिय दैनिक

 २३ माघ, कलैया— बारामा नयाँ प्रहरी उपरिक्षक जिल्लाको कमाण्ड बागडोर हातमा लिएपछि चेेकिङ्गमा कडाई गरेेसँगै आवश्यक कागजात तथा भन्सार पास नभएको २३ वटा भारतीय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिईएको छ।

माघ २२ गते जिल्ला कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको ट्राफिक प्रहरी समेतको चेकिङ टोलिले कागजपत्र तथा भन्सार पास नभएका भारतीय नम्बर प्लेटका उक्त मोटरसाईकल नियन्त्रणमा लिई अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी वढाइएको बारा प्रहरीले जनाएको छ।

सिमा नजिक भएर प्राय:भारतिय गाडी सिमानाकाबाट ईन्ट्रि पास वा  नाका सुरक्षार्थ खटेका प्रहरीसँगको अनुमतिमा व्यवहारिक ढंगले गुडने गरेको छ।

कुटुम्ब इष्ट मित्र बेटी रोटीको सम्बन्ध भएको अनि हाटबजार वारिपारि गर्ने समेत भएकोले नेपाली गाडी पनि भारत तिर जाने गरेको हो।

यसरी कडाई गरेपछि सम्बन्धमा खटास आउने नागरिकले गुनासो गरिरहदा प्रहरीले कागजपत्र साथमा लिएर हिडन सुझाएको छ।

 

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *