६३ किलो लागु औषध गाँजा सहित मोटरसाईकल प्रहरीद्धारा प

दाश पन्न्नालाल
1 Min Read

संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक

 २१ माघ, कलैया– विशेष सुचनाको आधारमा बारा प्रहरीले ६३ किलो लागु औषध गाँजा सहित २ मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ।

माघ २० गते ९:४० बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले सो परिणाम बराबरको लागू औषध गाँजा बरामद गरिएको हो।

सुबर्ण गाँउपालिका – ३ बकतौरा स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नं. को मोटरसाईकल चालकले प्रहरीलाई देखी मोटरसाईकल छाडी फरार भएकाो प्रहरीले जनाएको छ।

उक्त स्थानमा पुगी हेर्दा दुबै मोटरसाईकलमा लोड गरेको समान हेर्दा ६३ किलो २ सय ग्राम( ४ पोका) लागु औषध गाँजा बरामद गरि मोटरसाईकल समेत नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको  प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *