सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जिशिस बाराद्धारा अन्तरक्रियात्मक कार्यक्रम

दाश पन्न्नालाल
6 Min Read

संवाहक 

अनलाईन / राष्ट्रिय दैनिक

८ माघ, कलैया—- जिल्ला शिक्षा समिति बाराद्धारा आयोजित  जिल्लाको सामुदायिक विद्यालयहरुका शैक्षिक अवस्था तथा गुणस्तर सुधारका लागि अन्तरक्रियात्मक कार्यक्रम सरोकारवालाको सहभागितामा मंगलबार ८ गते  दिउँसो जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समनवय इकाइ बारा र जिल्कोला प्रशासन कार्यालय कलैयाको समनवय र सहकार्यमा उक्त कार्यक्रममा सम्बन्धित पक्षको अर्थपुर्ण सहभागिता रहेका थिए।

जिल्ला समन्वय इकाई बाराका सभापति नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न शैक्षिक गुणस्तर सुधार अन्तरक्रियात्मक कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख (उपसचिव) हेमराज खतिवडाले जिल्लाको शैक्षिक अवस्था विद्यार्थी शिक्षक दरबन्दी लगायतका विषयमा तथ्याङ्क सहित समस्या चुनौति र समाधानका पाटोमा प्रस्तुति गरेका थिए।

हाम्रो पालिकाले जिल्लाका अन्य पालिका भन्दा शैक्षिक सुधार योजना बनाई कार्यनव्यनको चरणमा रहेको महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए।

जिल्ला शिक्षा समिति  शिक्षा विकास समन्वय इकाईका प्रमुख र प्रत्येक पालिकासँग बसेर योजना बनाएर जादा पछि समष्टिगत रुपमा प्रभावकारी हुन्छ उनले सुझाएका थिए। शैक्षिक विकाशका लागि तयार रहेको र शिक्षामा बजेट लगानी गर्न अग्र स्थानमा रहेको उनको तर्क थियो।

त्यस्तै निजगढ नगरपालिकाको एसइइको रिजल्ट आशतित रहेको छ। शैक्षिक गुणस्तर सुधारको विभिन्न योजना तहद भयरहित बाताबरणमा शिक्षकलाई शिक्षण सिकाईमा सहयोगी भएर  अनुगमन विद्यार्थी अभिभावकसँग छलफलको परिणामले जिल्लाको विभिन्न ठाँउबाट बिद्यार्थीहरु निजगढको विद्यालयमा अध्ययनले पुष्टी गरिरहेको नगर प्रमुख सुरथ पुरिले बताए।

साथै आजकलको विद्यार्थी पुराना सोंचको नभई प्रविधि युगको भएका छन् त्यसबाट छुटाउन पनि नसकिने अवस्था रहेकोले मोबाईल प्रविधिबाटै ज्ञानवर्धक कुराको खोज गर्न तर्फ शिक्षकले प्रेरित गर्ने शिक्षण विधि अपनाउन उनले जोड दिएका थिए।

विद्यालय राजनिति थलो हो तर साकारात्मक हुनुपर्छ । पु्र्वाग्रही र द्वेषपुर्ण  नाकारात्मक राजनितिकले विद्यालयको शैक्षिक अवस्था खस्काउन भुमिका खेेलेको उनले औल्याए।

हामिले नगरे कले गर्ने? अहिले नगरे कहिले गर्ने? उत्प्रेक वाक्यसँगै बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गूणस्तर सुधार गर्न समस्या चुनौती र सामाधानका उपाय खोज्दै संघ , प्रदेशले के गर्ने भन्दा आ – आफ्ना पालिकाको योजनाबाट शिक्षामा यति प्रतिशत लगानी गर्ने नीति लागू गर्न जरुरी रहेको बताए।

शैक्षिक सुधारका निम्ति प्रत्येक पालिकाले पहलकदमी लिनुपर्ने हुन्छ , आजको शैक्षिक अन्तरक्रियामा आएका बुँदालाई टिपोट गरिसकेको र सुधार गर्ने तर्फ छिट्टै योजना सहित निर्णय गरिने प्रजिअ अधिकारीले बताए।

सो अन्तरक्रिया कारयक्रममा जिल्लाका १६ औं स्थानिय तहका नगर प्रमुख गाँउपालिका अध्यक्ष सहित शिक्षा संयोजक लगायत विभिन्न सरोकारवालाले सहभागिता जनाई आ- आफ्ना पालिका अन्तर्गतका विद्यालयको शैक्षिक अवस्थाबारे समस्या चुनौति र सामाधान बारे प्रस्तुति गरेका  थिए।

जिल्लाको सामुदायिक विद्यालयमा विद्यार्थी शिक्षक अनुपातमा   शिक्षक दरबन्दी र विषयगत शिक्षकको अभावमा सामुदायिक विद्यालयको अवस्थालाई सुधार्न अब संघिय के गर्ने भन्दा पालिकाले योजना बनाई शिक्षामा लगानी बढाउनु पर्ने अन्तरक्रियात्मक कार्यक्रममा बक्ताले कुरा उठाएका थिए।

शिक्षण संस्थामा नाकारात्मक राजनितिले भएको शिक्षक मर्यादित र भयरहित बातावरणमा कक्षा प्रवेश गर्न असहजता भएको शिक्षक संघका बारा अध्यक्ष राजकिशोर सहनीले बताए।

डर त्रास सरुवामा नेपाल सरकारको संघिय शिक्षा ऐन , नीति र पालिकाको शिक्षा ऐन नीति बाझेको अवस्थामा केवल विवादित सरुवाको हतकण्डाले गुणस्तरमा प्रभाव परेको तथ्यलाई सबै बुझन सकिनुपर्दछ।

विद्यार्थी अनुशासित छैन, दलित विपन्न परिवारका अभिभावक सचेत छैन्न्।  विद्यार्थि्लाई अनुशासन कायम गराउन अलिकति हप्काउन नपाउदै टोल छिमेक आफन्त लिएर शिक्षक कुटन विद्यालय आईपुग्छ । त्यो भन्दा तनाव त प्रहरी प्रशासनबाट मुद्दा खेेप्दा सास्तिमा गुणस्तरको कुरा गौण हुँदै गएको छलफलमा उनी सँगै शिक्षक प्रतिनिधिले सो कुरा गम्भिरतापुर्वक कुरा उठाएका थिए।

गुणस्तर शिक्षण सिकाईको लागि एक शिक्षकले कक्षाकोठामा ३० जना भन्दा बढी विद्यार्थीलाई  गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने चन्द्रिका गुप्ताको जोड थियो।

त्यो पनि विषयगत दरबन्दी अभावमा प्राथमिक तहकाले माथिलो तह सम्म धान्दै आएको प्रति सरुवाले समस्या साधान नहुने उनले थपे। साथै आवश्यक दरबन्दी पुर्तिमा जोड दिन जरुरी रहेको उनले सुझाए।

समाजसेवी एवम् राजनितिकर्मी  नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवले जिल्लाका सबै पालिकाले पहिलो विद्यालय वाहिर रहेका दलित विपन्न मुस्लिम बालबालिकाको एकिनसाथ तथ्याङ्क निकालेर योजना तयार गर्नुस, नभए हामीसँग सबै उपलब्ध छ सहयोग लिनु योजना बनाएर बारा जिल्लालाई शैक्षिक हब बनाउन सकिने बताए।

सबै पालिका गर्न नसकेका होईन्न केहिले गरेका छन् त्यसलाई पुरस्कृत गर्ने बानीको थालनी गरौ। जो विद्यालय राम्रो गरेको छ। जो शिक्षकले गुणस्तरिय शिक्षणमा राम्रो छ वहाँलाई मनोबल बढाउन कम्ति हौसला बढाउन अभयास गर्न जरुरी रहेको उनको तर्क थियो।

यस्तै, महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामविश्वास चौरसियाले महागढीमाई नगरपालिका भित्रका प्रत्येक विद्यालयमा वालबिकास थपि गुणस्तरीय शिक्षामा मुनिदेखि योजमा बनाएर लागिपरेको बताए।

कलैया उपमहानगरपालिकाका शिक्षा शाखा सहायक प्रमुख विजय अधिकारी, जितपुरसिमरा उपमहानगरपालिकाका शिक्षा शाखाका राजु गिरि, शिक्षक रमेश कुश्वाहा, रामराजा क्याम्पसका सहायक प्रमुख अमीत मिश्र, लगायतका सरोकारवाला पक्षले आफ्ना सुझाव दिदै समस्या चुनौती समाधानका उपायबारे गहन छलफल गरेका थिए।

सो अन्तरक्रियात्मक कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र कार्यक्रम संचालन शिक्षा विकास तथा समनवय इकाई बाराका सूचना अधिकारी (प्रास ) संतोष कुमार शर्माले गरेका थिए भन्ने सुरक्षा निकाय राजनितिक दल, गैरसरकारी संस्थाका प्रतिनिधि लगायत इकाईका कर्मचारी रोशन पालले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *