वरिष्ठ सई कार्कीले नियन्त्रणमा लिईएको पवने ७२ लाखको समान अनुसन्धान कार्यालयमा बुझाए

दाश पन्न्नालाल दाश पन्न्नालाल 162 Views

संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका

२९ पुष, बारा— अमलेखगंज प्रहरीले पवने ७२ लाख बराबरको समान सित ट्रक नियन्त्रणमा लिई अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी गराएका छन्।

आज बिहानै साढे सात बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका ईनचार्ज प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा – २१ अमलेखगंज चोकमा गाडीलाई चेकजाँच गरेका थिए।

वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको करिब ७१ लाख ७४ हजार ५ सय ९१ रूपैया मूल्य बराबरको ट्रकमा लोड गरेको Ppwovenbag, Medicine, Kitchen Oven (भाडा कुडा) र Vaccines लगायत अन्य खुद्रा समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जनाएका छन्।

प्रतिक्रिया
Share This Article