पोखरी ऐलानी नभई नमरी रहेको लालपुर्जा प्रमाण सहित यादवको दाबी

दाश पन्न्नालाल
3 Min Read

 संवाहक 

अनलाई/ राष्ट्रिय दैनिक

१९ पुस, कलैया — कलैया उपमहानगरपालिकाले वडा-२६ को  ऐलानी बताईएका विवादको अखडा बनेका महेशपुरका छठिया घाटको पोखरी आफ्नो पुस्तैनी हकभोगको नमरी जग्गा भएको  लालपुर्जा सबुद प्रमाण सहित कागजात देखाउदै शशीकान्त यादवले आज पोखरी स्थलमै पत्रकार सम्मेलन गरेका छन् ।

सो  कलैया उपमहानगरको नभई साबिक गा.बि.स महेशपुर वडा नम्बर १ सरेह हाल बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर ७ को ०–१४–१०–० जग्गा हजुरआमा दुलरिया देवी अहिरिनिको नाममा दर्ता रहेको छ, र  सो जग्गामा पोखरी खनी पक्की डिल समेत निर्माण गरि माछा पालन गर्दै आएको जग्गाधनी अहिरिनिका नाति यादवले जानकारी गराएका हुन्।

आफू वडा अध्यक्ष पदको प्रत्याशी रहेकोले कलैया उपमहानगरपालिका वडा –२६ का वडा अध्यक्ष धर्मेन्द्रप्रसाद यादवले आफुमाथि राजनीतिक प्रतिशोध साधी निजि पोखरीलाई बिहिवार पत्रकार सम्मेलनमा सो पोखरी ऐलानी रहेको दावी झुटठा र द्वेशपुर्ण भएको यादवले बताए।

 

जग्गाधनी दुलरिया देवी अहिरिनिको नाममा दर्ता रहेको आफ्नो निजि पोखरी रहेको उनको नाति शशीकान्त यादवले दाबी गरेका हुन्। आफूहरु दुई दाजुभाइ रहेको र हाल सम्म हाम्रो बिच कुनै पनि अन्स वण्डा नभएको उनले बताए ।

उक्त जग्गाको मालोत कार्यालय बाराबाट जारी भएको लालपुर्जा, महागढीमाई नगरपालिकामा मालपोत कर तिरेको रसिद, बैंकको लागि जग्गा मुल्याङकन, चार किला प्रमाणित सिफारिस हुँदै आएको सिफारिस पत्र , ७ नम्बर फाँटवारी र  फिल्डबुकमा समेत मेरो हजुरआमा दुलरिया देवि अहिरिनको नाम दर्ता रहेको जग्गा  विगत लामो समयदेखी जोतभोग गर्दै आएको उनले दावी गरेका छन्।

२०७२ सालमा उक्त जग्गामाथी अख्तियार अनुसन्धानमा मुद्दा परेको थियो र अख्तियारले आफूसंग स्थलगत सर्जमिन मागेको हुँदा सो सर्जमिनमा महेशपुरका भु.पु गाबिस अध्यक्ष लक्ष्मीनारायण यादव,नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभु प्रसाद यादव,हालका वार्ड अध्यक्ष धर्मेन्द्र प्रसाद यादव र जसपा पार्टी बारा नेता रामबाबू प्रसाद यादव,गाबिस सचिव रामकृष्ण बिष्ट,जिल्ला मालपोत कार्यालय बाराका प्रतिनिधि हरिमोहन सिंह समेतले उक्त सर्जमिन मुचुलकामा साक्षिकि रुपमा हस्ताक्षर गरेको उनको दाबी रहेको छ।

यो पोखरी मेरो नमरी हो। पालिकाको नक्साङन भएदेखि मालपोत किताब नक्सामा महागढीमाई नगरपालिकाको वडा-  १० मा रहेको स्पष्ट छ , उनले भने। त्यसकारण कलैया उपमहानगरपालिकालाईा चिट्ठी पत्रको आधारमा पुर्जा पेश गरिने उनले बताए।

आफ्नो जग्गालई बलजफ्ति कब्जा गर्ने नियतले निजी पोखरीलाई कलैया नगरपालिकाले पत्रकार सम्मेलन गरि ऐलानी बताए छि सो कपोकल्पित झुठा आरोपलाई यथार्त बताउन मिडिया मार्फत कुरा राख्नु परेको उनले बताए। अदालतको जे फैसला हुन्आछ, त्यो मान्ने उनले बताए।

तर, कलैया उपमहानगरपालिकाले गाबिस महेशपुर –१ मा रहेको पोखरी कलैया उपमहानगरपालिका वडा नम्बर –२६ को पोखरी ऐलानी रहेको दाबी गरेको छ। विवादित बनेका पोखरीको हकदाबी प्रमाणित गर्न दुबै पक्ष उच्च अदालत जनकपुरमा मुद्दा लडदै गरेको अवस्था छ।

केही महिना अगाडी यसै जग्गाको सम्बन्धित साध सिमानाको लागि महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकााको बिच दुईटै नगरप्रहरी बिच झडप भई ठुलै विवाद भएका थिए।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *