अधिकारी र कार्कीले २ ट्रक सहित ६८ लाखको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

दाश पन्न्नालाल
2 Min Read

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

 ११ पुस, कलैया—  जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईका अधिकारी र कार्कीको कमाण्डमा रहेको गस्ति टोलीले झण्डै ६८ लाख बराबरको बिलबिजक नभएको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरीले जनाएको छ।
 गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६७ लाख ९६ हजार २९ रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिईएको हो।
आज साढे एक बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्ष टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीटोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू. ३१ लाख ८२ हजार ६० रूपैया बराबरको प्लास्टिक व्याग, Water heater, औषधी, ईलाइची लगाएत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ
  यसैगरि, विहिवार सावा १०  बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी चौकी पथलैया बाट प्रहरी बरिष्ठ नायब नरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीटोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३६ लाख १३ हजार ९ सय ६९  रूपैया बराबरको हार्डवेयर,मोटर पोर्टस,डाईवेयर वाइल, कल्क  लगायत अन्य खुद्रा समानहरू सहित ट्रक  नियन्त्रणमा लिएको हो।
चेकिङको क्रममा नियन्त्रणमा लिईएको लाखौको समान आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।
Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *