संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१० पुस,कलैया — बारामा डिएसपी पछि सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक एसपी सिंह हेडक्वार्टर तानिएका छन् ।
सशस्त्र प्रहरी मुख्यालयले बाराका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहलाई छानबिनका लागि बोलाएको हो ।
राजश्व संकलनमा कमी आएको पाईए पछि छानविनकालागी मुख्यालय बोलाईएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी गराएका छन् ।
बारामा सिमानाकामा तस्करी बढेको उजुरी समेत सशस्त्र प्रहरी मुख्यालयमा परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
मुख्यालयले बारा सहित तराईको चार जिल्लाका एसपीलाई गएको सोमबार हेडक्वार्टर तानेको हो ।
मुख्यालयले बारा सहित धनुषाका एसपी दर्शन गिरी, मोरङका एसपी विश्व खड्का र बाँकेका एसपी बिमल डाँगीलाई छानविनकालागी तानेको हो ।
गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन् ।
यसअघि बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका डीएसपी विदुर भट्टराईलाई पनि हेडक्वार्टर तानिएको थियो ।
डीएसपी भट्टराईले व्यापक तस्करी गराएको उजुरी परेपछि हेडक्वार्टरले तानेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।स