संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
७ पुस, कलैया– नेपाल बार एशोसिएसनको स्थापना भएको दिन ६९ औं “बार डे” को अवसरमा बारा जिल्ला अदातल बार एशोसिएशनको आयोजनामा कलैयामा प्रभात फेेरि निकालिएको छ।
नेपाल बार एशोसिएसन बारा जिल्ला अदालत बार एकाई कलैयाले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो।
जिल्लाका पेशागत कानुन व्यवसायीको उल्लेख्य सहभागितामा सो दिवस मनाईएको बारा जिल्ला बारका पुर्व अध्यक्ष अधिवक्ता परमहंश केसरीले जानकारी गराएका छन्। देशमा कानुन छ है, अभास गरादिने अधिवक्ता नै हुन, उनले भने।
न्याय स्थापनाको लागि वकिल आफ्ना पेशाप्रति कर्तव्यनिष्ठ हुन्छन् अनि पिडितको पक्षमा अदालतमा वकालत मार्फत दायित्व निर्वाह गरिरहने कालो कोटको स्थापना डे हो , उनले थपे।
प्रभात फेेरिमा मनकामना बोर्डिङ्गमा अध्ययनरत कानुनका विधार्थीहरु सहभागी रहेका थिए । आज मनाईदै गरेको स्थापना डे देश व्यापीरुपमा कार्यक्रम आयोजना भएसँगै यस जिल्लामा पनि भईरहेको अधिवक्ता श्याम विहारीले बताएका छन्। बार एशोसिएसन बिशुद्ध कानुन व्यवसायिको संस्था हो , जसले कानुनको पहरेदारी गर्ने गर्दछ, उनले भने।
वकिलले कानुनको परिपालनामा कटिबद्ध रहन्छ, पिडितको न्यायको लागि कानुनी हक अधिकार दिलाउने दिनलाई स्थापना दिवस मनाईएको हो, अधिवक्ता एकरामुलहकले जनाएका छन्।
प्रभातफेरिमा बारा बारको अध्यक्ष उमेश जयसवाल , प्रभात दाहाल बिघ्या कटुवाल, पुजा सिह, सूर्यजीत सिह,प्रह्लाद गौतम लगायतका जिल्लाका कानुन व्यवसायि सहितको र्याली कलैया परिक्रमा गरेका थिए।