पचरौताका स्वास्थ्यकर्मी र मेयरमाथि सामाजिक सञ्जाल चरित्र हत्या गरेको विषयमा प्रेस सम्मेलन। पिडकमाथि कार्यवाही गर्न प्रहरीसँग माग, रिस्वि साध्न अतिरञ्जित कपोकल्पित घटना र झुठो हो -नपा प्रवक्ता यादव

दाश पन्न्नालाल
5 Min Read

संवाहक 

अनलाई  / राष्ट्रिय दैनिक

१४ मंसिर, कलैया—  पचरौता नगरपालिकाद्धारा आफ्ना स्वस्थ्यकर्मी र नगरप्रमुखको सामजिक सञ्जालमा गरिएको चरित्र हत्याको बिषयमा आज पत्रकार सम्मेलन गरिएको छ।

नचरौता नगरपालिकाकी स्वास्थ्यकर्मीको केहि उक्षृङ्खल व्यक्तिले  मोबाईल चार्ज गर्न मदिएपछि कुटपिट अभद्र दुर्व्यवहार गरेकोमा प्रहरी कारवाहीमा परेको पछिल्लो घटनाको रिस्वी साध्ने नियतले सामाजिक संजालमा निराधार आरोप लागई जथाभावी लेखि चरित्र हत्या गरेको बताईएको छ।

साथै सो कपोकल्पित घटनासँग नगर प्रमुख जलन्धर सिंहको नाम समेत जोडेर ढाकछोपको गरेको भनेर बदनाम गरेको बिषयलाई लिएर पचरौता नगरपालिकाका प्रक्ता लक्ष्मी यादवले पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका छन्।

नगरपालिका समेत जोडिएको र स्वस्थ्य संस्थामाको बदनाम गराउने एउटी महिला कर्मचारीको इज्जत प्रतिष्ठामा आँच पुर्याउने समाजिक संजाल प्रयोगकर्तालाई कड्डा भन्दा कडा कार्यवाहीको माग गरिएको छ। नगर अस्पतालका स्वास्थ्यकर्मी  अनाहकमा अतिरञ्जित घटना बनाई चरित्र हत्या गरेकोले स्वाश्थ्य सेवा बन्द गरि पिडक माथि कारवाही नभए आन्दोलन गर्ने चेेतावानी दिएपछि नगरपालिका कानुनी प्रकृया अगाडी बढाउने जानकारी गराएका छन्।

बलात्कार जस्ता घटना भएको भए पिडित आफैले भन्थिईन तर  विरामी परेकी महिलाको मानमर्सन गर्नु असहय कुरो छ। त्यसमा पनि  घटना ढाक छोप गर्न नगर प्रमुख लागेको भनेर  नाम बदनाम गर्नु सरासर गलत हो , नगरपालिका चुप लाग्देैन। कानुनी प्रकृया अगाडी बढाउन लागिएको हो। आशा छ मानहानी गर्ने पिडकलाई कानुनको कटघेरामा ल्याएर पिडितलाई न्याय दिलाउन प्रहरीले छिट्टै एक्सनमा जानेछ , प्रवक्ता यादवले भने।

गलत अफवाहको लाञ्छानामा मुछिएकी स्वास्थ्यकर्मी दुबे  कुनै भाई बहिनी वा नातागोता वा आफन्त यश नगरपालिकामा जागिर नरहेको घटना लुकाउन जागिरको धम्की दिएको प्रश्नको जवाफ यादवले दिए। त्यो सँगेे घटना ढाकछोप गर्न २५ लाखको कुरो समाजिक सञ्जालमा अफवाह फेैलाईएको कुरो सफेद झुठो हो। यसमा कहि केही सत्यता नरहेको बताएका छन्।

उनी सँगै नगर अस्पतालका प्रमुख डा. ले यसरी महिला कर्मचारी ज्वरोले ग्रसित भई पारासिटामोल र क्लोनाज औषधी खाई  अस्पतालको माथिलो कोठामा अराम गर्न जादा बेहोस भईन सो अवस्थालाई मध्यनजर गरि विरगंज नेशनल मेडिकल कलेज अस्पतालमा उपचारार्थ भर्ना पछि निको भएर घर फर्कीसकेको अवस्थालाई कपोकल्पित घटना बनाएर चरित्र हत्या गर्नुले काम गर्ने मनोबल गिराएको छ। यो कुरा एकदम असहय छ। हाम्रा स्वास्थ्यकर्मी यस्तो अवस्थामा कसरी स्वास्थ्य सेवा प्रदान गर्ने? भनेर कानुनी प्रकृया अघि बढाइएसँगै पिडित सहकर्मीले न्याय नपाए स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रने चेेतावनी सहितको पीडा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

यस्ता अफवाहले पिडित बनेकी उनलाई यश अघि तिनै तत्वले दुर्वयहार गरेका थिए र तीन दिनसम्म पिडक प्रहरी हिरासतमा बसेका थिए ।पछि एक चोटी माफी सहित शर्तनामामा मिलापत्र गराई छुटेकाले आफ्ना बदला साधी यस्तो हर्कत गरेेेका हुन। यसमा केही पनि लेस मात्रको सत्यता छैन्। उनले उनी र मेयरका साथै कर्मचारीमाथि लगाइएको आरोपको कुनै तुक नरहेको डाक्टरले भने।

जसमाथि गलत अपवाह फैलाईएको हो उनले केही नभनेको अवस्थामा बेतुकको बदमासी गर्नेलाई कसैको मानहानी गर्ने छुट छैन् भन्दै उनले कडा कार्यवाहीको माग गरेका छन्।

पचरौता नगर अस्पतालमा हेल्थ अस्सिटेन्ट पदमा कार्यरत भारती दुवे मिति २०८१/ ०८/ ११ गते दिउँसो २ बजे नगर अस्पतालमा डियुटीमा गएको तथा डियुटीमा रहेकै बेला वेलुकाको समयमा उनलाई ज्वरो आई बेचैनी जस्तो महसुस भएको थियो।

सोही कारणले त्याहाँ उपस्थित स्वास्थ्य कर्मीहरुको सल्लाह बमोजिम पारासिटामोल तथा क्लोनाज औषधी खाई अस्पतालको माथिल्लो कोठामा आराम गर्न गएको अवस्थामा वेहोस भएको कारणले उनलाई एम्बुलेन्समा राखि थप उपचारकोलागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतान बिरगंजमा लगेको नपा-५ का वडाअध्यक्ष  एवम्या नगरपालिकाख प्रवक्त यादवले प्रष्टयाएका छन्।

हाल उनी महिला कर्मचारी उपचारको क्रममा अस्पतालमा रहेको कुरालाई लिएर मलेसिया रहेको व्यक्ति सहितकाले विभिन्न   Facebook Id) फेसबुक आईडी मार्फत सफेद अफवाह फैलाई बदनाम गर्न खोजेका हुन्।

यी ५ वटा (Facebook ID)  फेसबुक आईडी मध्ये  पचरौता अबतक, चरौता बासी , सुनिल यादव,  पचरौता खबर र  मुकेश राज यादव नाम भएको  फेसबुक facebook ID चलाउने केही अपरिचित व्यक्तिहरुले सामाजिक संजालको माध्यमले यि महिला कर्मचारीको तथा नगर अस्पताल पचरौताको फोटो समेत राखि पचरौता नगरपालिकाको नगर प्रमुख जनन्धर सिंह जैसवार तथा स्वास्थ्यकर्मी दुवे नाम भएका महिला कर्मचारीको चरित्रमा अभद्र टिप्पणीहरु गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको प्रति  घोर निन्दा गर्दै यस नगरपालिकाको गंभिर ध्यानाकषर्ण भएको जनाएको छ।

यसरी सत्य तथ्य नबुझि सामाजिक संजालको दुरुपयोग गरि नगर प्रमुख, कर्मचारी तथा नगरपालिकालाई समेत बदनाम गराउने कार्य गरेको हुनाले यस घटनाको निश्पक्ष छानबिन गरि दोषिलाई नियमानुसारको कानूनी कार्यवाही गरि पिडीतलाई न्याय दिनु हुन जोडदार माग गर्दै सम्बन्धित सबैको जानकारीको लागि जारि  प्रेस विज्ञप्तीमा उल्लेख छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *