बारा प्रहरीद्धारा १० जना फरार प्रतिवादीहरू पक्राउ

दाश पन्न्नालाल
2 Min Read

                 संवाहक 

          अनलाईन / राष्टिय दैनिक

१३ मंसिर, कलैया–– बारा प्रहरीले आज जिल्लाका बिभिन्न मुद्दामा दोषी ठहरी अदालतबाट कैद सजाय पाई फरार रहेका प्रतिवादीहरू लाई पक्राउ गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय र मातहतका  प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट  हिजो र आज पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको प्रहरीले जनाएका छन्।

पक्राउ पर्नेमा कलैया उप महानगरपालिका – १८ का लालबाबु महतो धानुक चोरी कसुरमा १ महिना कैद र  ५ हजार जरिवाना भुक्तान गर्नु बाँकी रहेका थिए।

मुकेश मुखिया फेटा गाउँपालिका -४ बतराका मुकेश मुखिया चोरी मुद्दामा १ वर्ष कैद १० हजार जरिवाना तिर्न नसकी फरार रहदै आएका थिए।

त्यसैगरि, निजगढ नगरपालिका -९ का अमृत लामा चोरी मुद्दामा  २ महिना कैद सजाय  र २ हजार ५ सय जरिवाना, वडा- ४  वनका   रामायण चौधरी  १२ हजार ५ सय ७१.४३ पैसा जरिवाना, वडा – १ का  जनक बहादुर स्याङतान हातहतियार खरखजाना मुद्दामा २ महिना कैद सजाय र  २५ हजार जरिवाना, र वडा -१ का. प्रेम बहादुर स्याङतान हातहतियार खरखजाना कसुरमा २ महिना कैद सजाय सहित २५ हजार जरिवानामा फरार रहरका थिए।

त्यस्तै, सिम्रौनगढ नगरपालिका – ११ का सन्तोष साह तेली चेक अनादर मुद्दामस-५ सय जरिवाना र वडा -१० का वकिल प्रसाद यादव चेक अनादर  मुद्दामा १हजार ५ सय जरिवनामा फरार रहि लुकिछिपी बस्दै आएका थिए ।

त्यसैगरि नागेन्द्र पण्डित करैयामाई गाँउपालिका -८ का नागेन्द्र पण्डित चेक अनादर कसरमा १ हजार ५ सय जरिवाना र

शोषनाथ प्रसाद साह तेली महागढीमाई नगरपालिक – २  का शेषनाथ प्रसाद साह तेली चेक अनादरमा २ हजार जरिवानामा पाई फरार रहदै आएका १० जनालाई पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रकाश सापकोटाले जनाएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *