६ जना फरार प्रतिवादी बारा प्रहरीको गिरफ्तारीमा

दाश पन्न्नालाल दाश पन्न्नालाल 190 Views

          संवाहक

६ मंसिर, कलैया– बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना मानिसलाई पक्राउ गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय मातहतका  प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट हिजो र आज पक्राउ गरी आवश्यक कारवाहीको लागी  अदालत  दाखिला गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सुवर्ण गाँउपालिका – २ कवहीगोठका राजिव याद चेेक अनादर मुद्दामा रु १ हजार जरिवाना , सोही ठााउँका धर्मबिस यादव चेेक अनादर मुद्दामा रु ५ सय जरिवाना पाई फरार रहदै आएका थिए ।

त्यस्तै, कलैया उपमहानगरपालिका -१८ मोतिसरका श्याम कुमार बैठा सवारी ज्यान मुद्दामा  १ वर्ष कैद सजाय र २ हजार जरिवाना र वडा  नं – १२ शितलपुरका मनोज साह लागू औषध मुद्दामा २० दिन कैद  सजाय पाई फरार रहि लुकीछिपी बस्दै आएका थिए।

त्यसैगरि, चेेक अनादर मुद्दामा सिम्रौनगढ – ८ का अनुरु कुमार यादव   एक हजार जरिवाना र हातहतियार खरखजाना निजगढ नगर पालिका -३ का मंगललाल भन्ने मंगल बहादुर पाख्रिन ३ महिना कैद सजाय सहित ५ हजार जरिवानामा जिल्ला अदालतबाट दोषी ठहरी फरार  रहेकामा  उनी सहित ६ जनालाई पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरिएको डिएसपी प्रकाश सापकोटाले जनाएको छ।

प्रतिक्रिया
Share This Article