बारा प्रहरीले श्रोत नखुलेका डेह्र करोड भन्दा बढीको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

दाश पन्न्नालाल
4 Min Read

               

गढीमाई मेलाको सुचना

           संवाहक

४ मंसिर, कलैया ।  बारा प्रहरीले श्रोत खुलाउन नसकेक  डेह्र  करोड भन्दा बढीको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा  बुझाईएको जनाएको छ।

यसरी एकैचोटी तीन दिनको अन्तरालमा यति ठुलो रकम बराबरको   भारी परिमाणमा राजश्व छलीका विभिन्न सामग्री चेेकजाँचको क्रममा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालयको मातहदमा रहेका विभिन्न ईकाइ प्रहरीले करोडौको विना बिल भरपाईको उपभोग्य खाद्यय वस्तु , काजु , चिनी, प्याज , मोटर , अचार, मिठा, स्पेर्यस पार्टस, खुर्सानी, मरिच पावडर,  मिट मसाा लगायत खुद्रा सामग्रीहरु कार्टुन सहित भारी मात्रामा समाएको प्रहरीले जनाएको छ।

   प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर ३ मा साढे छव बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज चोकमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको मे १ ख ३२८८ नम्बरको बसमा लोड गरेको चिनी १४० किलो, मटर ५० किलो र प्याज ३५ किलो २२ हजार,५ सय मुल्य बराबरको बिल भरपाई नभएको समान पक्राउ गरेको छ।

 त्यस्तै, ईलाका प्रहरी कार्यालय बारागढील ३ ,मंसिरमा ४  बजेको समयमा बारागढी गाँउपालिका – ६ सिंहासनी चोकमा भन्सार छली गरी ल्याउदै गरेको चिनी ६ बोरा, अचार ४ कार्टुन गरी अं.मुल्य रू.२५ हजार बराबरको बिल भरपाई नभएको । समान समाएको छ।

  यस्तै,  प्रहरी चौकी बरियारपुरले मसिर ३ गते साढे ९ बजेको समयमा  महागढीमाई नगरपाालिका – २ मैनी चोकमा भन्सार छली गरी BR 05 AC 2583 नम्बरको मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको मिठा ८ बोरा ३६ हजार  मुल्य बराबरको बिल भरपाई नभएको नियन्त्रणमा लिएको बताईएको छ।

 चेकजाँच कै क्रममा प्रहरी चौकी पथलैयाले आज १  बजेको समयमा प्रहरी बरिष्ठ.नायब.निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७९२८ नं. को डब्बा ट्रकमा लोड गरेको ६१ लाख ३ हजार ४ सय  ५० मुल्य बराबरको बिभिन्न खुद्रा समानहरू आवश्यक कागजपत्र नभएको सरसमान समाएको हो।

त्यस्तै ,मंसिर १ मा पवने छव बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७२४४ नं.को ट्रकमा लोड गरेको ४१ लाख ८५ हजार  ५ सय १४ रूपैया  मूल्य बरामुल्यगैस कटर (GAS cutter), फलैंग f(lange),  स्पेयर्स spares for 60 cum/hr., cast iron butterfly valve) लगायतको बिभिन्न खुद्रा समानहरू बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको पक्राउ गरेको छ भन्ने

मंसिर १ मा पवने छव बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंजबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको  करीब  १ लाख ४४ हजार ४ सय ८५ रूपैया मुल्य बराबरको खुर्सानी-१९ बोरा, मरिच पाउडर-३ कार्टुन, मिट मसाला-२ कार्टुन, काजु प्याकेट-३ कार्टुन समान बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेकोले प्रहरीले समाती राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी नायब उपरिक्षक एवम् सूछना अधिकारी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

 

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *