गढीमाई मन्दिरको दान पेटिकाबाट दोश्रो पटकको भेटी गण्नाबाट समेत सुन चाँदीको गरगहना सहित सावा १५ लाख संकलन

दाश पन्न्नालाल
3 Min Read

संवाहक

१ मंसिर , महागढीमाई । वलि प्रादन गढीमाई पञ्चवर्षीय मेला मंसिर १ गते देखि शुरु भएको बाराको महागढीमाई नहरपालिका -१ स्थित बरियारपुर गढीमाई मन्दिर परिसर भित्र राखिएका दान पेटिकाको भेटी संकलनको आज पुन: गण्ना भएको छ।

 महागढीमाई नगरपालिकाका नगर प्रमुख एवं गढिमाई मेला सञ्चालन तथा ब्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवको मन्दिर र पुजारी व्यवस्थापनको योजना अनुसार यसरी दान पेटिकामा प्राप्त भेटी रकमको गण्ना प्रारम्भ गरिएको हो।

गढीमाई पँचवर्षिय मेला तथा व्यवस्थापन मूल समितिले दान पेटिका भेटी संकलनको गण्ना गरेका हुन्। गढीमाई मन्दिर संचालनमा आएदेखि दान पेटिकाको यसरी भेेटी संकलनको गण्ना गरिएको पहिलो पटक हो।

१७ दिन पछि मन्दिर प्राङ्गणमा राखिएका ४ वटै दान पेटिकाको पुन: भेटी रकमको गण्ना भएको यो दोस्रो पटकको निरन्तरता हो, मेला मुल समितिका महासचिव बिरेन्द्र प्रसाद यादवले जानकारी गराएका छन।

यस अघि  दशै पर्वको देखि कार्तिक १२ मा नगर प्रमुख एवम् मेला मुल समितिका अध्यक्ष यादवले मन्दिर प्राङ्गणमा राखिएका ४ वटै दान पेटिकाको ताल्चा खोली संकलित भेटीको गण्ना गर्न लगाएका थिए।

शनिवार गण्ना भएको दान पेटिका बाट रु ५ लाख २४ हजार, १६५ रुपैया सहित सुनको गहना ३ थान ,चांदिको ७ थान संकलन भएको मुल समितिका महासचिव विरेन्द्र यादवले जनाएका छन्।

पंचबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिको उपाध्यक्ष कैलाश महतोको बिशेष रोहबरमा मन्दिर परिसरमा रहेको चार वटै दान पेटिका लाई १७ दिन पछि सार्वजनिक रुपमा ताल्चा खोलिएको हो ।

दान पेटिका खोल्दा चाँदीको आँखा, अमेरिकी डलर, भारतीय रुपियाँ, कतारी रियालसहित विभिन्न विदेशी मुद्राहरू संकलित भएको मेला समितिले जनाएको छ ।

दशै पर्वको वेला पहिलो पटक दान पेटिकाको भेटी रसिद रकम सहित ९ लाख ८७ हजार ४ सय ७४ रुपैया दान पेटिकाबाट संकलन गरिएकोमा दोश्रो पटकको गण्ना सहित १५ लाख ११ हजार ६ सय ४९ रकम दान पेटिका बाट संकलन भएको छ। संकलित रकमबाट पुाजरीको तलब मन्दिर विकासमा खर्चिने बताईएको छ।

गढीमाई मन्दिर पुर्वकाल देखि आस्थाको धरोहर रहेको छ। मानिसले श्रद्धाले मनमा चिताएका पूरा हुन भाकल गर्छन् अनि पूरा भएपछि वलि चढाउने प्रचलन रहेको छ। मेलामा आउने लाखौ दर्शनार्थीको हरेक सुविधाको व्यवस्थापनको त्यारी जोरतोडका साथ चलिरहेको छ ।मेलाले धर्मिक पर्यटनमा समेत टेवा पुर्याउने महागढीमाई नपाका सल्लाहकार एवम् समाजसेवी भैयाराम यादवले संवाहकसँग  जानकारी गराएका छन्।

मेला समिति मेला भर्न आउने स्वदेशी विदेशी सम्पुर्णको व्यवस्थापन र सभ्य र भव्य मेला लगाउन करिब करिब अन्तिम तयारीमा पुगेको मेलाको प्रमुख प्रवक्ता परमहंस यादवले बताएका छन्।

दान पेटिकाको भेेटि संकलन गण्ना सार्बजनिकले मानिसमा उब्जेका कतिपय कुराको सामय भएको छ।  यसले दान रकमको बारेमा  बिभिन्न टिकाटिप्णी पछिल्लो समयदेखि उठदै आएका थिए। थोरै दिनमा यति धेरै संकलित भेटले जनमानसमा विश्वसनियता अझ प्रगाढ बढेको छ।

गढीमाई मेला भर्न आउने लाखौ श्रद्धालुहरु निर्धक्क साथ माताको सहज दर्शन र अवलोकन गर्न पाउने व्यवस्थापन मिलाईएको बाँकि काम द्रुत गतिमा भईरहेको गढीमाई पञ्चवर्षिय मेला मुल समितिका सदस्य  एवम् प्रवक्ता बविता जसयालले बताएकी छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *