बञ्जरियाबाट नगद ५१ हजार सहित ३४ जना जुवाडे पक्राउ

दाश पन्न्नालाल दाश पन्न्नालाल 222 Views

२१ कार्तिक,कलैया । बारा प्रहरीले गएराती जुवा खेल्दै गरेका ३४ जना जुवाडेलाई प्रसौनी गाँउपालिका -७ बञ्जरिया बाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुवा खेलिरहेकै ठाँउबाट रंगेहात ठुलो गिरोह सहित बञ्जरीया, ब्रहमपुरी, गंगापुर प्रस्टोका टोलका मानिसहरु रहेका छन्।

उनी पक्राउ परेका जुवाडेबाट जुवा खाल सहित नगद ५१ हजार ३ सय २० सहित दुईसेट तास एक सेट कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका मानिसलाई कानुनी प्रकृया अगाडि बढाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

जुवा तासको लतमा मानिस विलिबाठ बनेका छन्। समाजिक उच्छृङकल र अराजक गतिविधिले स्थानियले सास्ती खेप्नु परेको स्थिति छ।
संगठित रुपमा खेलाउदै आएको जुवा तासमा जिल्लाभरिका नामुद मानिस लगानी र नाईके भिडि हुण्डी कारोबार गराउने अड्डा बनेकोमा विगतमा पनि पक्राउ परेकाबाट पुष्ट्याई गरेको छ।

प्रतिक्रिया
Share This Article