प्रहरीले साढे ५३ लाखको सामान अनुसन्धान कार्यालय पथलैया बुझायो

दाश पन्न्नालाल दाश पन्न्नालाल 218 Views

६ कार्तिक, कलैया ।  बारा प्रहरीले साढे ५३ लाख बराबरको राजश्व छलीको समान नियन्त्रणमा लिईएको जनाएको छ।

विशेष सूचनाको आधारमा  गएराती साढे नव बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाण बराबरको समान पक्राउ गरेको हो।

जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोकमा पर्साबाट झापा तर्फ जादै गरेको ना ३ ख ४३६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अ. मुल्य रू. ५३ लाख ५२ हजार ६ सय ३५ रूपैया बराबरको विभिन्न सामग्री समाएको प्रहरीले जनाएको छ।

ट्रकमा लोड ओखर, मोबिल, चेयर, जाली, इलोक्ट्रोनिक्स सामान, पिटामरी लयागत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

 

प्रतिक्रिया
Share This Article