बारा प्रहरीले ६९औं प्रहरी दिवस मनाए, प्रहरीको वर्दी देखेर नागरिकले त्रसित हुनु नपरोस: प्रजिअ घिमिरे, नागरिकको विश्वास जित्न सत्मार्गमा लाग्न मातहदका प्रहरीलाई प्रउ खडकाको निर्देशन

दाश पन्न्नालाल
2 Min Read

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले प्रहरीले लगाएको वर्दी देखेर कुनै पनि नागरिकले त्रसित हुनु नपरोस सचेत गराएका छन्।

प्रहरी स्वतन्त्र भएर काम गर्नु पर्नेमा  दलिय प्रभाव, रक्षक नै भक्षक भएको जस्ता विभिन्न वदनामीबाट मुक्त रहदै प्रहरी पोशाकको मर्यादा कायम राख्न कटिबद्ध रहनु पर्दछ , प्रजिअ घिमिरेले जोड दिदै कुनै दबाब र प्रभावमा नपरी  काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

साधन श्रोतको अभावहमा समेत प्रहरीले नागरिकको सेवामा अहोरात्र खटिरहेको भन्दै प्रहरीको प्रशंसा गर्देै उनले अमर प्रहरीको योग्दानलाई स्मरण गरेका छन्।

बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाको अध्यक्षतामा आयोजित प्रहरी दिवसको अवसरमा नागरिकको बिश्वास जित्ने गरी अघि बढने प्रहरी प्रतिबद्ध रहेको बताएका छन्। 

कर्तव्यको शिलशिलनाामा विश्वास जित्न कठिन रहेको बताउदै त्रुटि सच्याउदै सतर्क र सचेत भएर कानुनले दिएको अधिकारको परिपालनामा सधै सत्मार्गमा लाग्न मातहदका प्रहरी युनिटलाई  निर्देशन दिदै नागरिकको सुख दुःखको साथी बनेर काम गर्न कटिबद्ध रहेको बताएका छन्।

प्रहरीले कोतवालीबाट पहाडमा सेतो र तराई मधेशमा रातो फेेटाले  नागरिकलाई सुरक्षा सेवा दिदै आएको ऐतिहासिक कालखण्डमा प्राणको आहुति दिएका अमर प्रहरी प्रति सम्मान प्रकट गरेका हुन्। साथै सो अवसरमा उनले प्रहरी महानिरिक्षकको शुभकामना संदेश वाचन गरेका हुन्।

सो अवसरमा उत्कृष्ट प्रहरीको रुपमा वरिष्ठ प्रहरी हवलदार विनोद साहलाई नगद सहित सम्मान गरिएको हो। त्यस्तै अजय साह , साजिर मंसुर र संदिप यादव गरि तीनजना पत्रकारहरु सम्मानित भएका छन्। त्यसैगरि, उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको छ ।

प्रहरी दिवसको अवसरमा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता, पुर्व प्रहरी संगठनका संयोजक जङ्ग बहादुर यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका हुन्।

आयोजित प्रहरी दिवस कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्वागत मन्तव्यका साथै प्रहरीले नागरिकको गुनासो र सेवा प्रवाहमा सधै तत्पर रहने बताउदै अमर प्रहरीलाई स्मरण गरेका हुन्। कार्यक्रमको सञ्चालन प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले गरेका छन् ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *