शसस्त्र प्रहरीद्धारा सिम्रौनगढमा तस्करीका पटाखा बरामद

२८ असोज,कलैया । बाराको सिम्रौनगढमा शसस्त्र प्रहरी गोलागंजले तीन लाख भनदा वबढि मुल्यको पटाखा बरामद गरेको छ।

 कचोर्वा पुल नजिक सशस्त्र प्रहरीले भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएका करिब ३ लाख रुपैयाँ बराबरका विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ।   

    गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बलको बीओपी गोलागन्जबाट खटिएको टोलीले कचोर्वा अडुवा पुल नजिकबाट  सो परिमाणको पटाखाहरू बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक केशव शर्माले जनाएका छन्।

उनका अनुसार प्रहरीले तस्करी भइरहेको ठाउँमा छापा मारेपछि तस्करहरूले सामान छाडेर फरार भएका थिए। बरामद पटाकाहरू तीन बोरा रहेको र तिनको मुल्य तीन लाख भन्दा बढी भएको बताइएको छ।

बरामद गरिएको विस्फोटक पदार्थलाई सिम्रौनगढ–६ का वार्ड अध्यक्ष नन्दकिशोर जयसवाल, उद्योग वाणिज्य संघ सिम्रौनगढका सदस्य राकिकिशोर सिंह, अरुण पाण्डेय, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रतिनिधि सुजित राउत लगायत स्थानीय संचारकर्मी लगायतका रोहबरमा खाल्डो खनी पानी खन्याएर नष्ट गरिएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *