बारा प्रहरीद्धारा सावा २१ लाखको तामाको भाँडो पक्राउ

१८ असोज, कलैया ।  बारा प्रहरीले सावा २१ लाख बराबरको तामाको भाँडो सहित  पिकअप पक्राउ गरेको प्रहरीले जनाएको छ

समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश २०३-००१ च ५९३१ नम्बरको पिकअप गाडीलाई  गएराती १० बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले  शंकास्पद लागी रोकी चेकजाँच गरेका थिए।

चेक जाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू.२१ लाख १६ हजार ५ सय ३३ रूपैया बराबरको १ पिकअप र त्यसमा लोड पलेट र तामाको भाँडा सहित गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *