भारतबाट उद्धार गरिएका ११ जना बालकलाई अभिभावकको जिम्मा लगाईए

दाश पन्न्नालाल
2 Min Read

भारतबाट उद्दार गरिएका ११ जना बालकलाई स्वदेश फिर्ता लगा ‘इ अभिभावकको जिम्मा ।

१८ असोज ,कलैया। भारतबाट बालश्रममा रहेका ११ जना बालकलाई  उदार गरिएको छ।

  नेपालको बिभिन्न जिल्लाका बालकहरु आफन्तकै प्रलोभनमा परि भारतको मुम्बई सहरमा बालश्रम गर्न पुगेका ११ जना बालकको उद्दार गरी उनिहरुलाई अभिभावकको जिम्मा लगाईएको छ ।

संरक्षण नेपाल बाराका प्रतिनिधि बृजमोहन कुशवाहाको नेतृत्व‌मा गएको टोलीले भारतको मुम्बई पुगी बाल कल्याण समिति मुम्बई र महिला तथा बालबालिका विभागसँग समन्वय गरी बालकहरुलाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएका  संरक्षण नेपालकी अध्यक्ष बबिता जयसवालले  जानकारी गराएकी हुन्।

उद्दार गरी ल्याइएका बालकहरुलाई  जिल्ला प्रहरी कार्यालय बारामा एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय , संरक्षण नेपालका, बाल हेल्पलाइन १०९८ बाराको प्रतिनिधि लगायतका सरोकारवालाहरुको रोहवरमा ११ जना बालकलाई अभिभावकको जिम्मा लगाईएको  हो।

उद्दार गरिएका ११ जना बालक मध्ये  रौतहटका ९ जना र डोटीका १ जना जिल्लाका १ जना रहेका छन्। उद्धार गरि ल्याइएका बालकहरु १२ देखि १७ सम्म बर्ष उमेर समुहका रहेका छन ।

ती बालकहरू ८ देखि ३ महिना अघि देखि विभिन्न प्रलोभनमा पारी चिनजानका आफन्तसँग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा भारतीय प्रहरीले उद्दार गरेको थियो ।

उक्त बालकहरुलाई केयर नेपाल (ए. आर. एच.) को सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद बाल हेल्पलाइन १०९८ बारा तथा संरक्षण नेपाल लगायत संस्थाहरुको सहकार्यमा ती बालकहरुलाई उद्धार गरिएको कुश्वाहाले बताए। ।

उदार गरिएको बालकहरुलाई अभिभावकहरु बुझदै सबै अभिभावकहरु खुशि भएको संरक्षण नेपालका बाल हेल्पलाईन  ईन्चार्ज कृष्ण प्रसाद यादवले बताए ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *