१७ असोज, कलैया। विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलाको बाराको महागढीमाई नगरपालिका – १ बरियारपुर मन्दिर परिसरबाट आज भव्य शोभायात्रा निकालिएको छ।
पशु वलिले प्रख्यात गढीमाई पञ्चबर्षिय मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विशाल सभ्य शोभायात्रा निकालिएको हो।
बाजागाजा झाँकी सहित हाति घोडा ऊँट सहित हजारौको संख्यामा शोभायात्रा गढीमाई मन्दिर देखि बरियारपर ईनर्वा तेलकुअवा गण्डक नहर हुदै कलैया उप-महानगरपालिका बसतपुर मटिअर्वा कलैया भएर महागढीमाईको गंजभवानीपुर दहियार अनि पुन:गढीमाई मन्दिरमा आएर सम्पन्न भएको हो।
शोभायात्राको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले विशाल जनसहभागिताको शोभायात्राको रुटबारे बताउदै यस वर्षको डेह्र महिना पछि मंसिरमा लाग्ने गढीमाई मेलामा श्रद्धालुले निर्धक्कका साथ मेला भर्नको लागि शान्ती सुरक्षा व्यवस्थापन चुुस्त दुरुस्त पारिएको बताएका छन्। आज देखि मेलाको विधिवत शुभारम्भ भएको , उनले बताएका छन्।
२३ गते मंसिर विशेष पुजाआजा गरि पुजारी घरमा बोका, हाँस, सेतो, जंगली मुसा, सुँगुर पञ्चवलि दिई ब्रह्म मन्दिरमा पुजाको क्रममा दिप प्रज्वलन पश्चात् पाडा, बोका वलि चढाईने शुुरु हुने गढीमाईका पुजारी मंगल चौधरीले बताएका छन्।
गढीमाई मन्दिरको पुजारीको रुपमा चौधरीले १३ औं पुस्ता देखि पुजाआजा गर्दै आएको आजको शोभायात्राको विशाल सहभागिता र साथै यस मेलामा हजारौ राङ्गा , बोका लगायत पशुपंक्षिको वलि चढाईने गरेको पुजारी शिव चौधरीले बताएका छन्।
एक महिनासम्म लाग्ने मेलामा नेपाल- भारतका विहार, युपी, उतराखण्ड लगायत सार्क राष्ट्रका श्रद्धालुहरु दर्शन अवलोकन गर्न आउने गरेका छन्।
मेलामा करिब २० औं लाख दर्शनार्थिहरु आउने आकलन गरिएको मेला व्यवस्थापकिय पक्षमा सम्पुर्ण तयारी तिब्र रुपमा भईरहेको पञ्चवर्षिय गढीमाई मेलाको प्रवक्ता बबिता जसवालले बताईन्।
मेलामा मनोरञ्जनका लागि विभिन्न किसिका ठुल ठुल्ला खेलतमासा मौतका कुँवा, सरकस , पिङ लगायतका प्रबन्ध गरिएको मेलाका मुल समितिका अध्यक्ष यादवले बताएका छन्।
मेला अवधिभर शान्ति सुरक्षाको भरपुर व्यवस्था मिलाईएको हुँदा ढुक्कसँग मेला भर्न आउन सबैमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताएका छन्।