बारा प्रहरीले चाँडपर्व लक्षित अपराध नियन्त्रणमा १ हजार प्रहरी परिचालन गरिने

दाश पन्न्नालाल
2 Min Read

१५ असोज ,कलैया । जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार संचारकर्मीसँग चाँडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय वस्तुमा छलफल तथा अन्तरक्रिया एवम् शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नजिकिदै आईरहेको दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी अपराधिक क्रियाकलाप हुन गर्न नदिई शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालयबाट विभिन्न तहमा रणनितिक सुरक्षायोजनामा १ हजार १५ प्रहरी जनशक्ति परिचालन गर्ने बताईएको छ।

जिल्लामा अपुग प्रहरी जनशक्तीलाई जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसान्धान कार्यालय संग समन्वय गरी थप जनशक्ति परिचालन गरिने प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

तालुक कार्यालयबाट थप जनशक्ति माग गरिएको सोको परिचालन सुरक्षा शान्ति व्यवस्थामा (Breathalyzer) ब्रेथलाईजर, (CCTV) सिसिटिभि क्यामराको प्रयोग / मोनेटरीड्ङ्ग, सवारी साधनको (Speed Control) तिब्र गति नियन्त्रणको लागि (Radar Gun) राडार गन प्रयोग गरिने छ।

त्यसैगरि, विष्फोटक पदार्थ , लागू औषध चेकजाँचको लागि (Dog Sniffing) सुँघेर पता लगाउने कुकुरको व्यवस्थाका साथै सवारी साधनको मेकानिकल चेकजाँच पनि व्यवस्था मिलाईएको सो कार्यक्रम मार्फत प्रउ खडकाले जानकारी गराएका छन्।

ड्युटी चेकिङ तथा अनुगमन,पिकेट, मोवाईल गस्ती (चार पाङग्रे),हाइवे गस्ती,रात्री बसमा डियुटी,मोटरसाईकल गस्ती,पैदल गस्ती, QRT/ रिजर्भ टोली राखिएको छ।

यस्तै,सूचना संकलन,यात्रु सहायता कक्ष,
भिग्रेस चेकिङ्ग,घटना अनुसन्धान,कार्यालय डिउटी,अन्य डिउटी गरि १५ किसिमको अपराध नियन्त्रणको वर्गिकरणमा कुल जम्मा परिचालित
१ हजार १५ प्रहरी परिचालनको योजना बनाईएको यसलाई कडाईका साथ लागू गरिने प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जनाएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *