१४ असोज,कलैया । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा यहि मंसिर महिनामा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेला भव्य सभ्य र मर्यादित मनाउन आज गढीमाई मन्दिर परिसरमा मेला संचालन तथा व्यवस्थापन मूल समितिको सार्बजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस मधेश प्रदेश सभापति एवम् मधेश प्रदेश सभा सदस्य कृष्णा प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेला भव्य सभ्य मर्यादित बनाउन हामी सबैको जिम्मेवारी भएको उनले जोड दिए।
गढीमाई पञ्चवर्षिय मेला वलीको रुपमा एसियामा सबभन्दा बढी वली चढ्ने ठुलो मेलाको रुपमा प्रख्यात छ। लाखौ श्रद्धालु भारतको विहार युपी लगायतबाट आउने भएकोले मुख्य रुपमा व्यवस्थापनको चुुनौती रहेको छ। यो मधेश प्रदेशको ऐतिहासिक धरोहरको रुपमा रहेकोले सबै मीलि मेला शान्तिपुर्ण भयरहित वातावरणमा सम्पन्न होस प्रयत्न गर्नु पर्दछ, हाम्रो तर्फबाट मेलाको व्यवस्थापनको लागि सक्दो सहयोगी भुुमिका रहने, उनले थपे।
यसैगरि, कलैया उप महानगरपालिकाका नगर प्रमुख विनोद साहले पहिला मेला वरियारपुरको मात्रै हुन्थ्यो। अब सम्पुर्ण पालिका र जिल्लाको भान हुने गरि सबैलाई समेटेर मुल समिति बनाईएकोमा आयोजक मेलाका अध्य्यक्ष एवम् नगर प्रमुख उपेन्द्र यादवको सराहना गरेका छन्।
साथै मेलामा खास गरि छिमेकी देशका विहार युपी उत्तराखणड लगायत स्वदेशी लाखौ मानिसको भिडभाड हुने भएकोले मेला भर्ने यात्रिको सहजता र सुविधाको लागि सबै पालिकाले आ- आफ्नो तर्फबाट टेन्ट लगाउने धारणा राखेका छन्।
पञ्चवर्षिय गढीमाई मेलाको आयोजक महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मेला शान्तिपुुर्ण, भयरहित, सुव्यवस्थित ढंगले व्यवस्थापनको ग्यारान्टी ठोकुवा गरेका छन्। यो गढिमाताको मेला पुर्वज देखि लाग्दै आएको हो । मेलाको महिमा र विशेषता बारे सबै जानकार भईसकेका छन्, उनले भने।
यसअधि गढीमाताले आफै लगाउदै आएकि थिइईन्, अब हामी व्यवस्थित तरिकाले लगाउने गरेका छौ। धर्म समुदाय र धर्मको मेला हो भन्ने सबैले आत्मसाथ गरौ ,उनले सूझाएका छन्।
सानातिना मनमुटाव त्यागी मेलालाई पर्वको रुपमा लिनु पर्दछ, मेलामा आउने पाहुनाको स्वा्गत र मेला सुव्यवस्थित लाग्ने गरेको संदेश दिने ढंगले सम्पुर्ण जिम्मेवारी काँधमा छ , कतै कहि चुक हुदैन उनले भने। मेलामा सबैको साथ समर्थन छ। कसैलाई मेरो कार्यशैली कार्यनितिले पीडा भएछ भन्ने क्षमा माग्दु छु, उनले मञ्चबाटै हातेमालो गर्न आह्वान गरेेका छन्।
मेलामा निर्धक्क भएर भक्तजन दर्शन अवलोकन गर्न पाउने छन्। कुनै लुटापाट हुदैन्। कसैको धाँधली हुदैन। सुरक्षित तवरले मेला हेर्न सक्नेेछन्।
पचासौ लाख भक्तजनलाई सहजता हुने किसिमले व्यवस्थापकिय जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकि नराख्ने भरोसा दिलाएका छन्।
गढीमाईको मेलाको पुर्व संध्यामा दशैको घटस्थापनाका दिन असोज १७ गते शोभायात्रा निकालिने तयारी छ। नगरवासी जिल्लाबासी सम्पु्र्णले शोभाायात्रामा सहभागी हुन मेयर यादवले आग्रह गरेका छन्।
सोही अवसरमा गढीमाईको संध्या आरतीको शुुभारम्भ गरिनेछ जो निरन्तर हुनेछ, उनले बताए।
सोही अवसरमा कोल्हबी नगरपालिका नगरप्रमुख रामप्रसाद चौधरी , बारागढीका गाँउपालिका अध्य्यक्ष अशोक जयसवालले मेलामसँग आफुहरु प्रतिष्ठा जोडिएकोले आफुबाट हुन सक्ने सहयोग गर्ने बताए।
गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मुूल समितिमा नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ११ सदसिय मुल समिति बनाईएको बारे नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादवले समितिको पदाधिकारीको सार्बजनिकिकरण गरेका हुन्।
समितिका उपाध्यक्षमा मगनपा – १ का वडाअध्यक्ष मनोज कुमार गुप्ता, गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह तेली, मेयर प्रत्यासी रामबाबु प्रसाद यादव र कैलाश महतो गरि ४ जना रहेका छन्।
यसैगरि, महासिवमा विरेन्द्र प्रसाद यादव, नरेश प्रसाद जयसवाल र उपेन्द्र प्रसाद गुप्ता गरि ३ जना रहेका छन्।
त्यस्तै, सचिवमा द्वय उम्रावती देवी लहेरिन र नितु कुमारी गुप्ता रहेकी छन्। भन्ने कोषाध्यक्षमा पुर्व वडाअध्यक्ष विरेन्द्र प्रसाद चौरसिया गरि पदाधिकारि सहित एक सय एघाह्र जनाको समिति बनाएको यादवले बताएका छन्।
यसैगरि, मेलालाई अपनत्वको लागि बारा जिल्लाका चार वटै संघिय सांसद र प्रदेश सभा सदस्य, पुर्व मन्त्रि, संविधान सभा सदस्य , पुर्व सभासद , कलैया उपमहानरपालिका र जितपुर सिमराका मेयर लगायतको २७ सदसिय सल्लाहकार समिति बनाएको छ।
मेला मूल समिति सार्बजनिकिकरण कार्यक्रम नगरप्रमुख यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुभकामना मन्तव्य नगर उप प्रमुख तारा देवी कानु तथा स्वागत मन्तव्य बिरेन्द्र प्रसाद यादव संचालन पत्रकार अनिल गौरवले गरेका हुन्।
सो कार्यक्रममा जिल्लाको १६ वटै स्थानिय तहका नगर प्रमुख /उप प्रमुख गाँउपालिकाका अधयक्ष/ उपाध्यक्ष सरोकारबाला कार्यालयका कार्यलय प्रमुख स्थानियको उपस्थिति रहेका थिए।