संविधान दिवस कतै दिपावली त कतै कालो दिनको रुपमा मनाईदै

दाश पन्न्नालाल
2 Min Read

‍३  असोज,कलैया । आज संविधान दिवस सरकारले हर्षोउल्लासका साथ मनाईदै छ। लोकतान्तान्त्रिक गणतन्त्रात्मक संविधान ०७२ साल असोज ३ गतेमा बनेको दशौ दिवसको रुपमा देश लगायत कलैयामा पनि सरकारी कार्यलयका कर्मचारी पालिका लगायतकाले विशेष कार्यक्रम गरि मनाईरहेका छन्।

यसरी संविधान दिवसको कतै दिपावली त कते कालो दिनको रुपमा मनाईएको छ।सत्ता अनुसारको संविधानको व्याख्या पनि फरक फरक छ।

संविधानमा सहभागिताको सवाल अपुरो र अधुुरो रहेको भन्दै संशोधन गर्नुपर्ने संसदबाटै उठिरहेको छ। ठुुला दल देखि तराई मधेश बेस  पार्टीले संविधान पुनरावलोकन संशोधन त्रुि सच्याउनु पर्ने अवाज उठाउदै आएका छन्। 

यसै बिच संविधान दिवस भव्यताका साथ पहिलो चोोटी मधेश सरकारले मनाएको छ।जनमत पार्टीले मुख्यमन्त्री भई मधेश सकार नेतृत्व सम्हालेको छ। तर जनमत पार्टीले मधेश प्रदेश गर देशभर संविधान संशोधनको माग सहित सांकेतिक विरोध जनाएको छ। 

मधेश केन्द्रित दल उपेन्द्र यादव नेतृत्वको जसपा , लोसपा राजेन्द्र महतोको मवगठित दळे समेत कालो दिनको रुपमा आजको दिनलाई मनाएको छ।

मधेशिको हक अधिकारको लागि सयौं मधेशी थारुले ज्यानको आहुति दिए। अझैपनि संविधानले तराई मधेशका जनतालाई नागरिकको दर्जा दिन मसकेको छैन , संघिय लोकतान्त्रिक गणतान्त्रत्मक संविधानको परिकल्नाले प्रदेशलाई अधिकार विहिन बनाई संघियता कमकोर बनाई एकात्मक शाासन लादन चाहेको मधेशी दलको ठम्याई छ।

यस्तै राजावादी समर्थक सहित असर्फी साहले संविधानको विरोध गर्दै कलैयामा कालो झण्डा लिइ प्रदर्शन गरेका छन्। 

सरकारले पनि संविधान सहमतिका दस्तावेद हो यो समयअनुसार परिमार्जन हुँदै जाने भएकोले असन्तुष्टीलाई छलफल गरि संशोधन गर्दै कानेमा एकमत रहेको अवस्थामा शंका उपशंका दलहरुबाटै शुरु भएको छ। 

 

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *