रास्वपाको राष्ट्रिय भेेला काठमान्डौमा शुरु

दाश पन्न्नालाल
1 Min Read

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला  काठमान्डौमा आजदेखि सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आजै बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् ।

भेला बुधबारसम्म चल्नेछ । पहिलो दिन कार्यबाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।

सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस गर्ने जनाईएको छ। यसै भेलाबाट रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मिति समेत तय हुनेछ ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा पनि छलफल बताईएको छ ।

भेलामा देशभरबाट १५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/ आयोगहरूबाट प्रतिनिधित्व छ ।

भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा  छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *