राजेन्द्र महतोले “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” पार्टी घोषणा गरे

दाश पन्न्नालाल
1 Min Read

१ असोज, काठमाडौं । क्रान्तिकारी रुपमा परिचित राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको  विज्ञप्तिमा उल्लेख छ।

नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी  र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।

महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु  सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।

यस अघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।
महतो पुर्व मन्त्रि समेत रहिसकेका छन्।

अहिलेका दल र खासगरि मधेश केन्द्रित दलका नेताले केवल सत्ता स्वार्थमा लिप्त रहदै आएकाले अब  राज्यबाट उपेक्षित र उत्पिडनमा परेका मधेशि जनता लगायतको नसलिय चिन्तनबाट मुक्त गराउन छुट्टै दलको घोषणा गरिएको महतोले बताएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *