विश्वप्रसिद्ध गढीमाई मेलामा बली प्रथाको विरुद्ध गतिबिधी रोक्न मेयरद्धारा सिडिओलाई ज्ञापन

यहि मंसिर महिनामा भव्य लाग्नेछ। यसपछि खिचडिमा ( माघे संक्रान्ति) मा मेला लागि त्यस दिन पनि बोकाको वलि दिईने चलन छ। यसै वर्षको होली पर्वमा समेत फाकलको बोका अर्थात पशुवलि पुजारी चौधरीको आंगनमा रहेको मन्दिरमा वलिको समाप्ति हुन्छ।त्यस्पछि अर्को पावबच वर्षमा लाग्ने मेलामा वलि चढाईने प्रथा जनमानसमा चलि आएको छ।

दाश पन्न्नालाल
3 Min Read
Highlights
  • बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित गढीमाईको मन्दिर छ। प्रत्येक पाँँच वर्षमा मंसिर महिना मेला लाग्ने गर्दछ।
  • मेला अवलोकन गर्न र गढिमाईसँग आशिर्वाद लिन भाकल गरेका हकारौ पशु बलि चढाउन २० औं लाख श्रद्धालु घट हुने गरेको छ।
  • एसियामा सबभन्द बढि पशु बलि चढाईने मेलाको रुपमा विश्व प्रसिद्धि बटुलेको छ।

असोज , कलैया । विश्व प्रसिद्ध पञ्चवर्षिय गढिमाईको मेला को विषयमा बाराको महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अगुवाइमा आज बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन्।

बाराको महागढीमाई नगरपालिकामा अवस्थित बरियारपुरमा गढीमाई मन्दिर छ।पञ्चवर्षिय मेलामा २० औं दर्शानार्थीको जमघट हुन्छ। एसियाको सबभन्दा बढी पशु बलि चढने मेलाको रुपमा विश्वप्रसिद्धि कमाएको छ।

नजिकिदै गएको मेलालाई भवय र सभ्य बनाउन कुनै अवरोध वेगर व्यस्थित मेला सम्पन्न गर्न  नगरप्रमुख यादव, उप्रमुख तारा देवि कानु  सहित कार्यपालिका सदस्यहरू र गढीमाई मन्दिर विकास सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साह तेली सहित  संयुक्त रूपमा प्रजिअ घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन ।

सो ज्ञापन पत्रमा गढिमाई माताको मन्दिरमा विश्वभरका भक्तजनहरूले चढाउने पशु बलि प्रथालाई लक्षित गर्दै मेलामा प्रभाव पार्ने कुनै पनि प्रकारका गतिविधिहरूको विरुद्ध कडा कारबाहीका लागि अपिल गरिएको हो।

विश्वप्रसिद्ध गढिमाई मेलामा हुने बलि प्रथा धार्मिक आस्थाको रुपमा रहेको छ। यसलाई व्यवधान पुर्याउने प्रयत्नका विरुद्ध नगरपालिका, मन्दिर समिति, र स्थानीय समुदाय दृढ अडानमा छन्।

ज्ञापनपत्र बुझाउने क्रममा नगर प्रमुख यादवले धार्मिक परम्परालाई जोगाउन र मेला शान्तिपूर्ण सञ्चालनका लागि कुनै पनि किसिमको अवरोध सृजना गर्ने तत्वहरूलाई कानुनी कारबाही गर्न आवश्यक रहेको बताए।

यसमा स्थानीय प्रशासनको सहयोग र भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रजिअसँग थप सुरक्षाका उपायहरू अवलम्बन गर्न माग गरेका छन्।

  मेलामा शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनले आवश्यक कदम चाल्ने प्रजिअ घिमिरेले प्रतिबद्धता व्यक्त गरेेका छन्।

 प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्ने गदर्छ। यहि मसिर महिनामा लाग्ने मेलामा स्वदेशी तथा विदेशी गरि २० औं लाख श्रद्धालु भक्तजनहरुले अवलोकन गर्ने अनुमान छ। खास  गरि भारतको विहार युपि मेला भर्न आउने गर्दछन्।

एक महिना सम्म लाग्ने मेलामा व्यापारिक कारोबार पनि खुबै हुन्छन्। गढीमाईमाई मन्दिरसँग जोडिएको आस्थामा पाँच वर्षमा भाकल बलिको चलन र धार्मिक धरोधहरको रुपमा रहेकोछ। गढीमाई मेला धार्मिक पर्यटनमा समेत टेवा पुर्याएको छ। 

गढीमाईप्रतिको अपार आस्थामा स्वईच्छाले मानिस भाकल गरि चिताएको पुरा भएकोले पाडा , बोका, हाँस, कुखुरा, परेवा जस्ता पशुपंक्षिको बलि दिने परम्परा रहि आएको छ।

केही दिन अघि देखि पशु कल्याण संघले वलि रोक्न विभिन्न कार्यक्रम गर्द आएको प्रति सरोकारवालाको गम्भीर ध्यानाकर्षण भएको लि नचढाउन अवरोध पुर्याउने कार्यलाई रोक्न नगरपालिका र प्रशासनले सँगै काम गर्ने जनाइएको छ।

गढीमाईको स्थापना त्यहिका स्थानिय भगवान चौधरीले गरेका हुन्।  नखु जेलमा बन्दी जिवन विताईरहेका चौधरीलाई प्रकट भई जेल मुक्त गराई पुजाआजा गर्नु भनि बरियारपुर ल्याईएको किम्दवदन्ति छ। गवानको पाला देखि वलि चढाईने परम्पराको थालनि भएको भनाई छ।सयौं वर्ष देखि पुजारीको रुपमा चौधरी परिवार रहदै आएका छन्। 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *