असोज,काठमाडौँ । भारतको दिल्ली राज्यको आमआदमीको तर्नफबाट नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् ।
आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य ‘पोर्टफोलियो’ सम्हालेकी थिइन्। शिक्षासमेत मुख्य विभाग सम्हालेकी आतिशीलाई केजरीवालको विश्वासपात्रका रूपमा हेरिन्छ ।
केजरीवालले केही बेरमा दिल्लीका उपराज्यपाल भीके सक्सेना समक्ष राजीनामा बुझाउने बताइएको छ ।
केजरीवाल सेप्टेम्बर १३ मा सर्वोच्च अदालतको आदेश पछि रिहा भएका थिए । उनले सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।
केजरीवालले फेब्रुअरीमा महाराष्ट्र राज्यसँगै चुनाव गराउनुपर्नेसमेत माग गरेका छन् । केजरीवाल कथित मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका थिए ।