दश जोडीको अन्तरजातिय तथा दाइजो मुक्त सामुहिक विवाह

दाश पन्न्नालाल
1 Min Read

२२ भदौ, धनुषाधाम । दाईजो चेलिबेटी र समाजको लागि अभिशाप बन्दै गएको अवस्थामा दाईजो मुक्त विवाह उदाहरणिय रुपमा सम्पन्न भएको छ।

दाइजो मात्रै नभई जातियताले पनि विभेदको जरा गाडेको छ। मानव बिचको भेदभाव हटाउन अन्तरजातिय विवाह सामुहिक रुपमा गरएको छ।

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक विवाह गरेका छन् ।

सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए ।

यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

 बिना तामझाम यस आश्रममा  नि: शुल्क विना दाईजो सामुहिक विवाहको आयोजना हुने गरेको नव दम्पतिले वैवाहिक जीवन सुखमय वितईरहेको   सन्तरमपलका अनयायी संदिप दासले बतएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *