पवने ३९ लाख बराबरको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

दाश पन्न्नालाल दाश पन्न्नालाल 208 Views

१६ भाद्र , कलैया । बारा प्रहरीले विभिन्न समयमा शिवम् डोरा लगायत विभिन्न ब्राण्डका विलबिजक नभएको करिब पवने ३९ लाख बराबरको समान सहित ट्रक समेत नियन्त्रणमा लिएको छ।

मातहतका ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले बिल भरपाई नभएको तथा समानहरुको श्रोत खुलाउन नसकेको अं.मुल्य रू.३८ लाख ७३ हजार ४ सय ५७ रुपैया  बराबरको समान नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाईएको व्यहोरा सूचित गरिन्छ  ।

ईलाका प्रहरी कार्यालय जीतपुरले हिजो सावा आठ बजेको समयमा जीतपुरसिमरा उप-महानगरपालिका- ७ मा बीरगंजबाट पथलैया तर्फ आउँदै गरेको ना ३ ख ८१०३ नं. को डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा अं.मुल्य ३८ लाख १५ हजार ४ सय ५७ रुपैया बराबरको खुद्रा  किराना समान, पेन्टस्, स्पेर्यस पार्टस, मोटर पार्टस्, सहित डिब्बा ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय अम्लेखगंजले सोही दिन  जीतपुरसिमरा उप-महानगरपालिका – २१ मा पथलैयाबाट हेटौडाँ तर्फ जाँदै गरेको GAA ००७१ नं. यात्रु बाहक बसलाई रोकी चेक जाँच  गर्दा उक्त बसमा लोड रहेका अं मुल्य ५८ हजार  बराबरको बुन्दी दाना र विभिन्न किसिमका मिठाईहरु समेत बरामदी गरेको छ।

मातहतका ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले बिल भरपाई नभएको तथा समानहरुको श्रोत खुलाउन नसकेको अं.मुल्य रू.३८ लाख ७३ हजार ४ सय ५७ रुपैया  बराबरको समान नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाईएको जिल्ला प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकरी गराएका छन्।

प्रतिक्रिया
Share This Article