१४ भदौ, काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधी थप नहुने भएको छ। सेवा बढाउनु पर्ने भन्दै अवकाश हुन लागेका प्रहरी अधिकृतले सर्बोच्चमा रिट हालेका थिए।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।
६ गते भाद्र न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले खारेज गरेको छ।
उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै गृह मन्त्रालयले सर्वोच्चमानिवेदन हालेको थियो । शुक्रबार सोही निवेदनको सुनुवाइ गर्दै न्यायाधीश शर्मा र सुवेदीको इजलासले सरकारको माग बमोजिम अन्तरिम आदेश खारेज गरेको सर्वोच्च अदालतले वेबसाइटमा उल्लेख गरेको छ ।
सर्वोच्चको यो आदेशसँगै १६ भदौ देखि नेपाल प्रहरीका ९० अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएका छन् । त्यस्तै सशस्त्र प्रहरी बलका १८ जना पनि अवकाशमा जाने भएका छन् ।
प्रहरीमा सेवा अवधिबारे अन्यौल्ता सृजना भएको थियो। कानुन संशोधनको हल्ला चले सँगे सर्बोच्चको आजको निर्णय खारेजीले तिस वर्षे दुविधा हटेर गएको छ।