साहकलैया, ३१ साउन । कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले समाजमा दिनप्रतिदिन बढदै गईरहेको आत्महत्या न्युनिकरणका लागि मानिसले तनावपुर्ण जिवनमा आत्मबल बलियो बनाउनु पर्दछ।
साथै युवा विद्यार्थीमा असफलतालाई कहिल्यै पूरा गर्न नसकिने निराशा ठानेर बढि टिनएजरमा देखिने समस्या भएकोले विधालयस्तरबाटै सचेतना फेेैलाउन अत्यावश्यक रहेको जोड दिएका छन।
आत्महत्या गर्नेहरुमा किशोर-किशोरी तथा युवाहरुको संख्या बढ्दै गईरहेकोले त्यसको रोकथामक एकदम नितान्त छ , उनले बताएका छन्।
बिहिवार जिल्ला प्रहरी कार्यालय बाराले कलैयामा आयोजना गरेको ‘आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना २०८१’ को शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यताबाट बोल्दै नगर प्रमुख साहले आत्महत्या रोक्न आफ्नै घर-छिमेकबाट सजगता अपनाउनुका सांथेै व्यापक रुपमा जनचेतना जगाउनुपर्ने औलाएका छन्।
समाजमा बढ्दै गएको निराशा, पश्चिमी संस्कृतिको प्रभाव तथा सामाजिक संजालको दुरुपयोगले समस्यालाई झन जटिल बनाएको नगर प्रमुख साह चिन्ता जाहेर गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले समय परिवर्तनसंगै आत्महत्याको कारण र तरिका बदलिदै गएको छ।
मानव जीवन रक्षाका लागि घरका माहौल शान्त राख्नु पर्छ, जीवन संघर्ष हो बुझि प्रत्येक अभिबभावकले आफ्न छोराछोरी भाइ सामिप्यता बढाई स्ट्रेस कम गर्न उनिहरुसँग मनको भाव बुझि राख्न सचेत हुनुपर्ने प्रजिअ घिमिरेले सुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बिगत १० वर्षमा यस जिल्लामा आत्महत्याको घटना बढ्दै गएको छ।
एसपी खड्काका अनुसार आ.व.२०८०-०८१ मा बारा जिल्लामा १ सय चौसठी वटा घटना घटेको देखिन्छ। जुन हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ। आत्महत्या बढी युवा प्रेममा फस्ने केटाकेटी गर्ने गरेको तथ्याङ्कले डरलाग्दो अवस्था रहेकाले देखाएको छ। त्यसको रोकथाम न्युनिकरण व्यस्थापनका लागि कार्ययोजना ल्याईएको बताएका छन्।सो बारे प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले कार्यक्रम सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन्।प्रादेशिक अस्पताल कलैयाका निमित्त सुपरिटेण्डेण्ड डा.अजय गुप्ताले आत्महत्याको प्रकृति, कारण र समाधानबारे मन्तव्य व्यक्त गरेका छन्।
कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन, नेपाली सेनाका प्रमुख से.ना.नि. कुमार खड्का, स.प्र.उ. सन्तोष बहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसनन्धान अधिकृत रामबबाबु चौधरी, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, जिल्ला स्थित सुरक्षा, स्वास्थ्य, तथा अन्य सरकारी निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवाला लगायतकाको उपस्थिती रहेका छन्।
आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि कार्य योजना २०८१ बमोजिम कार्यक्रम गरी प्रहरी उपरिक्षक महेन्द्र खडकाको संयोजकत्वमा प्रजिअ शशिधर घिम१िर सल्लाहकार रहने गरि १५ सदसिय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ। भन्ने सह-संयोजकमा राम नरेश यादव रहेका छन्।
त्यसेैगरि सदस्यमा डा. पुनिता केसरी ,बृज किशोर प्रसाद ,अनिल कुमार पाण्डे, राजेन्द्र खड्का,भरत साह,राज कुमार साह,शिव शंकर साह, रेशम तिवारी,बबिता जैसवाल, मुन्ना मण्डल,अजित कुमार साह र सदस्य सचिव रादेश कुमार खत्री रहेका छन्।