आदिवासी जनजाति पत्रकार महासंघको रजत जयन्ति

दाश पन्न्नालाल
1 Min Read

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समिति (फोनिज)ले आज बाराको महागढीमाई नगरपालिका स्थित ऐतिहासिक विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा २५ औं स्थापना दिवस तथा रजत जयन्ति मनाएको छ। साथेै गढीमाई मन्दिरको लागि एउटा दिवाल घडी प्रदान गेका छन्।

फोनिजले सो असरमा गढीमाई मन्दिर प्राङ्गणमा सरसफाई गरेको छ। सरसफाईमा नेपाल पत्रकार महासंघ बारा, विभिन्न मिडिया आबद्ध संचारकर्मी, नेपाल प्रहरी , शसस्त्र प्रहरी, गढीमाई मन्दिर विकास तथा संचालन समिति,गढीमाईका पुजारीगण,श्रद्धालु,स्थानिय लगायत सहभागी रहेका छन्।

रजत जयन्तिको उपलक्ष्यमा गढीमाई मन्दिर विकासमा संचारकरमिको भुमिका विषयक शुभकामाना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, फोनिज बारा अध्य क्ष जियालाल चौधरी गढीमाई मन्दिर विकास तथा संचालन समितिका अधयक्ष रामचन्द्र साह तेली, पुजारी शिव चौधरी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका छन।

आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष दुश्यन्त चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संचालन फोनिजका महासचिव बृजमान तमाङ्ग तथा स्वागत मन्तव्य शेखर चौधरीले गरेका हुन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *