Category: हत्या

  • मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियरको गोली हानी हत्या

    मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियरको गोली हानी हत्या

     

    ३ फागुन, सर्लाही/ मलङ्गवा — मलङ्गवा स्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको आइतबार राति गोली हानी हत्या गरिएको छ। घटनाले सदरमुकाम क्षेत्रमा त्रास र आक्रोश फैलाएको छ।

    प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–१० मा भाडाको घरमा बस्दै आएका यादवमाथि राति करिब ८ बजेको समयमा मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिहरूले नजिकबाट गोली प्रहार गरेका थिए। गोली उनको बायाँ छातीमा, मुटुको तलतिर लागेको बताइएको छ।

    गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए।

    मृतक यादव सिरहा जिल्लाको सुखीपुर नगरपालिका निवासी हुन्। करिब एक वर्षदेखि उनी मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत थिए। उनका दुई वर्षकी एक छोरी रहेकी छन्।

    घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। शंकास्पद व्यक्तिहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको र घटनाको कारण तथा संलग्नको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।
    स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

  • रहरियाडिह हत्याकाण्ड खुल्दै : बुहारी–प्रेमीको गोप्य सम्बन्धबाट अपराधसम्म

    रहरियाडिह हत्याकाण्ड खुल्दै : बुहारी–प्रेमीको गोप्य सम्बन्धबाट अपराधसम्म

    दास पन्नालाल

    कलैया, १४ माघ।

    बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीहमा भएको आमा–छोराको दोहोरो हत्याकाण्ड प्रेम सम्बन्धबाट उत्पन्न आपराधिक योजनाको परिणाम भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा बुहारी र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ।
    प्रहरीका अनुसार २३ वर्षीया मनिता देवी मण्डलले आफ्ना प्रेमी धमेन्द्र महतोसँग मिलेर सासु सुमित्रा देवी मण्डल र श्रीमान् रामेश्वर मण्डलको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
    सोही आक्रमणमा परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मृतकका श्रीमान् जगरुप महतो र नन्द रिना कुमारी मण्डल रहेका छन्। उनीहरूको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
    बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल नै रहेको देखिएको छ। उनका प्रेमी धमेन्द्र महतो वैदेशिक रोजगारीका लागि दुबईमा कार्यरत थिए। उनी माघ १२ गते नेपाल फर्किएपछि मानितासँग भेटघाट गरी हत्या योजना कार्यान्वयन गरेको खुलेको प्रहरीले जनाएको छ।
    घटनापछि प्रहरीले मानितालाई घरमैबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो। हाल दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
    यो जघन्य घटनाले स्थानीय समाजलाई स्तब्ध बनाएको छ भने पारिवारिक सम्बन्धभित्र लुकेको द्वन्द्व र असहिष्णुताले कसरी भयावह अपराध निम्त्याउन सक्छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
    प्रहरीका अनुसार अनुसन्धानका थप तथ्य सार्वजनिक हुने क्रम जारी रहनेछ।

  • रहरियाडिह हत्याकाण्डले गाउँ शोकमा, अपराधी खोज्न तालिमप्राप्त कुकुरसहित सघन अनुसन्धान

    रहरियाडिह हत्याकाण्डले गाउँ शोकमा, अपराधी खोज्न तालिमप्राप्त कुकुरसहित सघन अनुसन्धान

    बारा, १४ माघ।
    बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा बुधबार बिहान भएको निर्मम हत्याकाण्डले सम्पूर्ण गाउँ शोक र त्रासमा डुबेको छ। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आमा–छोराको विभत्स हत्या गरेका छन्।

    ज्यान गुमाउनेमा ५२ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन्। सोही आक्रमणमा परिवारका अन्य तीन सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा मृतकका श्रीमान जगरुप मण्डल र छोरी रिना कुमारी रहेका छन्।
    घाइतेहरूको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था चिन्ताजनक रहेको छ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले घटनास्थल सिल गरी अनुसन्धान तीव्र बनाएको छ। प्रहरी नायब उपरीक्षक (DSP) विजयराज पाण्डेका अनुसार अपराधी पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर झिकाई सूक्ष्म अनुसन्धान सुरु गरिएको छ।

    यस हृदयविदारक घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ। शान्त गाउँमा यति निर्मम अपराध भएपछि स्थानीयमा सुरक्षा प्रति गम्भीर प्रश्न उठेको छ।


    यसैबीच, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. ४ का प्रत्यासी नेता कृष्ण कुमार श्रेष्ठ (किसान) ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै दोषीलाई तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    साथै, घाइतेहरूको उपचारमा कुनै पनि लापरबाही नगर्न प्रशासनलाई आग्रह गरेका छन्।
    प्रहरीका अनुसार अनुसन्धान जारी रहेको छ भने दोषी चाँडै सार्वजनिक गरिने विश्वास व्यक्त गरिएको छ।

  • परवानीपुरमा रातको निस्तब्धता चिर्दै हिंस्रक आक्रमण, आमा र छोराको हत्या, तीन घाइते

    परवानीपुरमा रातको निस्तब्धता चिर्दै हिंस्रक आक्रमण, आमा र छोराको हत्या, तीन घाइते

    बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीहमा मध्यराति भएको सामूहिक आक्रमणले सिंगो क्षेत्र स्तब्ध बनेको छ। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी एकै परिवारमाथि हमला गर्दा आमा र छोराको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
    प्रहरीका अनुसार माघ १४ गते बिहान करिब ३ बजेको समयमा जगरुप महतो धानुकको घरमा आक्रमण भएको हो। घरमै सुतिरहेका परिवारका सदस्यहरूलाई लक्षित गरी गरिएको आक्रमणमा ५२ वर्षीया महिला र उनका ३२ वर्षीय छोरा रामिश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
    आक्रमणमा परेका अन्य तीन जना परिवारका सदस्यलाई तत्काल उद्धार गरी परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको र निरन्तर उपचार भइरहेको छ।
    घटनाको कारण खुल्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरी स्रोतका अनुसार प्रारम्भिक चरणमा व्यक्तिगत रिसइवी, पुरानो विवाद वा योजनाबद्ध आपराधिक गतिविधिका सम्भावनालाई ध्यानमा राखी सबै कोणबाट छानबिन भइरहेको छ। आक्रमणकारीको पहिचान र पक्राउका लागि विशेष टोली परिचालन गरिएको छ।
    घटनापछि रहरियाडीह गाउँ र आसपासका क्षेत्रमा त्रासको वातावरण छाएको छ। स्थानीय बासिन्दा राति घरबाहिर ननिस्कने अवस्था सिर्जना भएको बताएका छन्। सम्भावित थप घटना रोक्न प्रहरीले गाउँमा सुरक्षा गस्ती बढाएको छ भने शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
    निर्दोष आमा र छोराको ज्यान जाने गरी भएको यस हृदयविदारक घटनाले परवानीपुर मात्र होइन, सम्पूर्ण बारा जिल्लालाई शोक र आक्रोशमा डुबाएको छ। प्रहरीले दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने आश्वासन दिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी डिएसपी विजयराज पंडितले घटना सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ ।अपराधी उमक्न पाउदैन।घटनकाो सूचना पाए लगतै वपक प्रहरी परिचालन गरि तिब्र छानबिन भईरहेको छ।

  • सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा

    सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा

    दास पन्नालाल 

    १४ मंसिर , बारा-— बारा प्रहरीले  किरण बेभरेज नेपाल प्रा. लि. पानी फैक्ट्रीका मेनेजर रामकिशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    घटना भएको १६ घण्टा भित्र पक्राउ गरिए पनि दुबैजनाई मंसिर १४ गते मात्रै प्रहरीले विज्ञप्ति मार्फत पुष्टि गरेको हो।

    हत्या आरोपमा पक्राउ पर्नेमा पर्साका वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी बस्ने द्वय करिमन राम चमारको छोरा वर्ष २१ को राजन कुमार राम र आदेश लाल साहको छोरा वर्ष ३२ को प्रमोद साह तुरहा रहेका छन्।

    २०८२ मंसिर ११ गते बेलुका ८:२५ बजेको समयमा जिल्ला बारा, प्रसौनी गाँउपालिका वडा नं.६ भलुही चोक स्थितमा रहेको KIRAN BEVERAGE NEPAL PVT.LTD. (पानी फ्याक्ट्री) भन्दा २५ मिटर उत्तर तर्फ रहेको खाल्डोमा बीभत्स हत्या भएको अवस्थामा  शव भेेटेको थियो।

    हत्या गरिएका व्यक्ति सर्लाही धनकौल गाँउपालिका- २ घर भई सोही फ्याक्ट्रीमा मेनेजरको काम गर्ने नरसिंह सिंहको छोरा अं. वर्ष ५० को राम किशोर सिंह रहेका छन्। मृतक सिंहलाई धारिलो हतियारको प्रयोग गरी विभत्स हत्या गरी फालेको थियो।

    आरोपित राम सोही पानी फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आईरहेकोमा गत सालको गढीमाईको मेलाको वखत गाडीको कलच प्लेट जलाएको कारण मृतक सिंह र रामको बिच झै-झगडा भएको हुँदा काम छाडी गएको थियो।

    पुनः मिति २०८२/०७/०१ गते देखी २०८२/०८/१० गते सम्म काम गरेकोमा रामले चालकको काम गर्दा फ्याक्ट्रीले तोकेको पानीको बिक्री मुल्य रू. ११० लाई  आफ्नो व्यक्तिगत मुनाफाको लागी उक्त पानी रू.११५/१२० बजारमा बेच्दै आएको कुरा मृतक सिंहले थाहा पाए पछि  मंसिर १० गते रामलाई कामबाट हटाएको बताईएको छ।

    पटक पटक बदमासीको कारणले  मिति २०८२/०८/११ गते मृतक सिंहले चालक रामको हिसाब किताब गरी रकम समेत फछौंट गरी दिएको सोही रिसईवीलाई लिई राजन कुमार राम र उनका साथी प्रमोद साह तुरहा वीरगंजमा संगै बसी जाँड रक्सी खाई हत्या गर्ने योजना बनाई बेलुका ८:२५ बजेको समयमा अ.वर्ष ५० को राम किशोर सिंह फ्याक्ट्रीमा रहेको अवस्थामा दुबै जना आई साथमा बोकी ल्याएका धारिलो हतियार छुरा र ईट को प्रयोग गरी विभत्स हत्या कसुर गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी गराएका छन्।

    घटना राती नै भईसकको भएपनि मंसिर १२ गते बिहान अ.०७:५७ बजे प्रहरीले सूचना पाएका थिए। सूचना लगतै  तत्काल घटना स्थलमा प्रहरी पुगी घटनामा संलग्न रही तत्काल फरार रहेका व्यक्तिहरूको खोजतलास तथा पहिचान गरी जिल्ला प्रहरी कार्यालय पर्सा समेतको समन्वयमा पर्साको छिपहरमाई गाँउपालिका -५ भिस्वाको नाकाबाट भारत तर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार रामलाई र प्रमोद साह तुरहा वीरगंज महानगरपालिका – २२ मा लुकिछिपि बसेको अवस्थाबाट प्रहरीले आरोपी दुवैजनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुर मुद्दामा बारा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थमाई थप अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    साथै हत्या भएको घटना स्थलमा रगत लागेको फलामको छुरा-१ थान र रगत लागेको ईट-१ थान समेत बरामद भएको छ।

  • विरगंज जेलमा कैदीबन्दीको बवाल पछि हवाईफायर, स्थिति तनावग्रस्त , गोली लागी ४ जना घाईते

    विरगंज जेलमा कैदीबन्दीको बवाल पछि हवाईफायर, स्थिति तनावग्रस्त , गोली लागी ४ जना घाईते

    दास पन्नालाल

    बिरगंज , २५ भदौ– जेनजीको प्रदर्शनको असर पर्सा जिल्लाको विरगंज कारागारको कैदीबन्दीमा पनि परेको छ।

    देश अशान्त र अक्रान्त बन्दा काठमान्डौको नखु जेल प्रशासन लगायत देशका अन्य कारागारको पनि अवस्था व्यवस्था असमान्य बन्यो।

    सुरक्षा चुुनौतिको हवलामा जेल प्रशासनबाट रवि लामिछाने सहित धेेरै बाहिरिएका छन्।

    यसरी जेनजिको सत्ताच्युत प्रदर्शनले उत्साहित भई जेलका कैदीबन्दी कारागार भित्रै हिजो मध्य राती देखि प्रदर्शन गर्दै आएकोले स्थिति तनावग्रस्त बनेको छ।

    क्षमता भन्दा बढी कैदीबन्दी राखिएकोले यदाकदा खाना र बसाईको विषय लिएर झडप विवाद हुँदै आएकोले पनि उकुसमुकुस अवस्थामा मौजुदा परिस्थितिलाई अवसरको रुपमा आफ्ना समुहगत रिहाईको नाराबाजी गरि बाहिर निस्कने प्रयास गरिरहेको बुझिएको छ।

    कैदीबन्दीले हुलहल्ला तोडफोडमा उत्रिएपछि जेल प्रशासनले स्थिति नियन्त्रणमा लिन  हवाई फायर गरेको बताईएको छ।

    कारागार भित्रै  नाराबाजी गर्दै आन्दोलनको स्वरुपले कैदीबन्दीको प्रदर्शन र रबैया काबु बाहिर गएपछि नेपाली सेना परिचालन गरिएको छ।

    कैदीबन्दीको हडकम्प पछि स्थिति नियन्त्रणमा लिन केहि राउण्ड गोली हवाई फायर गरिएको छ भन्रे दर्जनौ टियर ग्याँस प्रहार गरिएको बताईएको छ। चार जना कैदीबन्दीलाई हात खुट्टाामा गोली लागि घााइते भएका छन्। कारगारको भित्रि सेलका फलामे गेट समेत  पर्खालमा तोडफोड गरि क्षति पुर्याएको छ ।

    कैदिबन्दीले मध्यराती देखि जेल भित्रै तनाव सृजना भई क्षतिबाट जोगाउन प्रशासन व्यवस्था कायम राख्न अशान्त बनेको स्थिति नेपाली सेना एक्सनमा आएपछि केही सामय बनेको जानकारी प्रप्त भएको छ।

     

  • महासंघका बाराका उपाध्यक्ष दासको अध्यक्षतामा प्रजिअ अधिकारीलाई ध्यानाकर्षण पत्र बझाईयो।।

    महासंघका बाराका उपाध्यक्ष दासको अध्यक्षतामा प्रजिअ अधिकारीलाई ध्यानाकर्षण पत्र बझाईयो।।

    संबाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    सरोज दास–

    १८ चैत, कलैया —  नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ।

    राजवादीको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको प्रति नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार बारा शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ध्यानाकर्षण पत्र बुझाईएको हो।

    घटना विवरणः

    १. भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको।

    २. अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुऱ्याइएको ।

    ३. कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुऱ्याइएको।

    ४. हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुऱ्याइएको।

    ५. पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको।

    ६. फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको।

    उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ। अतः प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुऱ्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासघ जोडदार माग गर्दछ।

    साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ।

    हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकार समक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन वाध्य हुने तर्फ ध्यानाकर्षण गराईन्छ, भन्दै महासंघका उपाध्यक्ष दासको नेतृत्वमा प्रजिअ अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

    तोकिएको समय भित्र अबिश्सनियता देखा परे देशव्यापी आन्दोलनमा उत्रने  बाध्यात्मक परिस्थिति भन्दै सात दिनको अलटिमेटम दिईएको हो।

    पत्र  बुझदै प्रजिअ अधिकारीले यो घटना प्रति गम्भीर ध्यानाकर्षण भएको र यसलाई सम्बन्धित ठाँउमा अबिलम्ब पठाउने उनले बताए।

    उक्त विरोधको कार्यक्रम अन्तर्गत ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले घटना र माहसंघको चरणबद्ध आन्दोलनको सर्कुलर बारे अवगत गराएका थिए।

    सो अवसरमा पत्रकार माहसंघ बाराका पुर्व अध्य्यक्ष कमल कुमार उपाध्याय , वर्तमान महिला उपाधयक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, नेपाल प्रेस युनियनका मधेश प्रदेश अध्य्यक्ष एवम् वरिष्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठ , वरिष्ठ पत्रकार गोकुल घोरसाईने, भोजराज भट्टराई, प्रेस चौतारी मधेश प्रदेशका महासचिव दिवाकर भण्डारी, चौतारीका जिल्ला अध्य्यक्ष थानेश्व सापकोटा , प्रेस मञ्च जिल्लाका अध्यक्ष निखिल पासवान, महासंघका सहसचिव दुश्यन्त चौधौरी, कार्यसमिति सदस्य जिउत यादव, धिरेन्द्र तिवारी, नारायण पौडेल, नवीन चौधरी,  नरेश गुप्ता, धिरेन्द्र पनुहर, पत्रकार अनिल पाण्डेय, रन्जना खतिवडा लगायतका उल्लेख्य संचारकर्मीको सहभागिता रहेका थिए।

  • पत्रकार रजकलाई न्याय दिलाउन पत्रकार महासंघ बाराका उपाध्यक्ष दासको नेतृत्वमा हातमा कालोपट्टी बाँधी पत्रकार आन्दोलित

    पत्रकार रजकलाई न्याय दिलाउन पत्रकार महासंघ बाराका उपाध्यक्ष दासको नेतृत्वमा हातमा कालोपट्टी बाँधी पत्रकार आन्दोलित

    संवाहक

    अनलाईन/ राष्ट्रिय दैनिक

    सरोज दास–

    १७ चैत, कलैया–– नेपाल पत्रकार महासंघ बारा शाखा उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा पत्रकार हत्याको विरुद्धमा बाराका पत्रकार आन्दोलित भएका छन्।

    पत्रकार हत्याको विरोधमा आज हातमा कालोपट्टी बाँध्ने कार्यक्रमको अन्तर्गत महासघका उपाध्यक्ष दासले बाराका वरिष्ठ पत्रकार एवम् प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेठको हातमा कालो पट्टि बाँधी चरणबद्ध विरोध कार्यक्रमको थालनी गरेका हुन्।

    पत्रकार सुरेश रजकको हत्या पछि केन्द्रीय महासंघद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रमका तय गरिएको छ। सोही क्रममा आज पत्रकारले आफ्ना हातमा कालोपट्टी बाँधी संचार कर्ममा दायित्व निर्वाह गरेका छन्।

    संघिय राजधानी काठमान्डौको तिनकुनेमा भएको व्यवस्था फर्काउने राजावादी आन्दोलनमा १५ गते शुक्रवार एभि न्युजका पत्रकार सुरेश रजकको हत्या र संचारगृह माथि गरिएको तोडफोड आक्रमणको विरोधमा पत्रकारहरु आन्दोलित भएका हुन्।

    केन्द्रीय सर्कुलर अनुसार शनिवार विरोध र्यालीर र सभा, आज हातमा कालोपट्टी बाँधी विरोध जनाएका हुन्।

    यसैगरि भोली सोमवार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी मार्फत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ।

    संचारकर्मीको हत्या हुनु जघन्य अपराध हो  । दोषीलाई पहिचान गरि यथाशिघ्र कानुनको कठघरामा उभ्याउन सरकारसँग जोडदाार माग गरेको हो।

    कालोपट्टि बाँधी विरोधमा उत्रेका महासंघ केन्द्रीय सदस्य सिकेन्द्र पासवान , महासघका मधेश प्रदेश सदस्य साजिर मसुर, वर्तमान महिला उपाध्यक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, कार्यसमिति सदस्य जिउत यादव, नरेश गुप्ता, धिरेन्द्र तिवारी , पत्रकार जयनाराण यादव, अनिल पाण्डेय, भोला पौडेेल, राजेश कुश्वाहा लागयतका उल्लेख्य संचारकर्मीले आ आफ्ना कर्मथलोबाटै दोषीउपर कार्यवाहीको माग गरेका छन्।

  • पत्रकार महासंघ बाराले उपाध्यक्ष दासको अध्यक्षतामा पत्रकार हत्या विरुद्ध प्रदर्शन

    पत्रकार महासंघ बाराले उपाध्यक्ष दासको अध्यक्षतामा पत्रकार हत्या विरुद्ध प्रदर्शन

     हिजो संघिय राजधानी काठमाडौमा राजावादीले गरेको प्रदर्शनमा गरिएको पत्रकार हत्या र मिडियामाथिको आक्रमणको विरुद्धमा महासंघले कलैयामा प्रदर्शन गरेको हो ।

    महासंघले कलैयाको भरतचौकबाट निकालेको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर भरत चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।

    महासंघका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सम्पन्न विरोध सभामा प्रमुख अतिथि महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानको प्रमुख, प्रदेश कोषाध्यक्ष अनिल गौरव,महासंघ बाराका पुर्व अध्यक्ष कमल उपाध्याय, पुर्व उपाध्यक्ष राकेश पाण्डे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास,वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतले पत्रकार हत्या र संचार क्षेत्रमाथिको आक्रमणको विरोध गर्दै घटनाको घोर भर्त्सना गरेका छन्।

    एभिन्युजका पत्रकार सुरेश रजकलाई हत्या भएको देशभरि पत्रकार घटनाको विरोधमा उत्रेको हो।कार्यक्रमको संचालन जिल्ला सचिव पुष्पराज खतिवडाले गरेका थिए ।

  • प्रकृति लम्सालको शंकास्पद मृत्यु र कीट विरुद्ध विरगंजमा विद्यार्थीद्धारा मौन जुलुस

    प्रकृति लम्सालको शंकास्पद मृत्यु र कीट विरुद्ध विरगंजमा विद्यार्थीद्धारा मौन जुलुस

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    १० फागुन, वीरगञ्ज — भारतको ओडिसा स्थित किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा पर्साको वीरगञ्जमा शुक्रबार नेपाली विद्यार्थीहरूले मौन जुलुस निकाली विरोध प्रदर्शन गरेका छन् ।

    मृतक छात्रा लम्सालको आत्महत्या वा हत्यालाई किटले ढाकछोप गर्दै आएकोले निशपक्ष छानबिन तथा नेपाली विद्यार्थीलाई निकालिएकोमा विरोद्ध प्रदर्शन नेपाल लगायत भारत सहित विदेशमा समेत निन्दा विरोद्ध हुँदै आएको छ।

    भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत छात्रा लम्सालको न्यायको माग गर्दै उक्त किट विश्वविद्यालयबाट निष्कासित भएका झन्डै ५० भन्दा बढी विद्यार्थीहरु समेतको सहभागीमा उक्त मौन जुलुस प्रर्दशन गरिएको हो ।

    सो अवसरमा वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागीता रहेको थियो ।

    जुलुशमा विद्यार्थीहरुले हातमा कालो पट्टि बाँधेर मुखमा कालो मास्क लगाएर अन्यायको विरोध गर्दै विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए ।

    वीरगञ्ज स्थित घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माईस्थान,आदर्शनगर,नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समापन गएिको थियो ।

    गत फागुन ४ गते २० वर्षीय प्रकृति लम्साल किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनालाई शङ्कास्पद ठान्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गरेको एक विद्यार्थीले बताईन ।

    विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई ज्ञापन पत्र बुझाउँदै नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न जोड दिए छन ।