Category: आगोलागि

  • विशेष महाधिवेशनबाट चुनिएका कांग्रेसका सभापति गगन थापा अधिकारिक: निर्वाचन आयोग, देउवा पक्षधर असन्तुष्ट

    विशेष महाधिवेशनबाट चुनिएका कांग्रेसका सभापति गगन थापा अधिकारिक: निर्वाचन आयोग, देउवा पक्षधर असन्तुष्ट

     

    मुन्ना कुमार

    | २ माघ, काठमाडौं — निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ। यससँगै पार्टीभित्र लामो समयदेखि जारी आधिकारिकता विवाद कानुनी रूपमा अन्त्य भएको छ।‍

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका बहुमत पदाधिकारीले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको निष्कर्ष निकाल्दै त्यसबाट निर्वाचित नेतृत्वलाई वैधानिक ठहर गरेका हुन्। एक जना आयुक्तले असहमति जनाए पनि निर्णय विधान, राजनीतिक दलसम्बन्धी ऐन र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा गरिएको आयोगले जनाएको छ।

    आयोगले कांग्रेस विधानको दफा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको माग परेपछि विशेष महाधिवेशन अनिवार्य हुने व्यवस्था लागू हुने स्पष्ट पारेको छ। केन्द्रीय समितिले समयमै महाधिवेशन नबोलाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन प्रक्रिया वैधानिक रहेको आयोगको ठहर छ।
    निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च प्रतिनिधि हुने सिद्धान्त पुनः पुष्टि गर्दै विशेष महाधिवेशनमा बहुमत सहभागिता, पारदर्शी प्रक्रिया र निर्णयमा देखिएको सहमतिका आधारमा त्यसलाई पूर्ण रूपमा मान्यता दिएको हो। महाधिवेशनपछि केही प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबीलाई आयोगले निर्णायक मानेन।


    निर्णयसँगै आयोगले दल दर्ता अभिलेखबाट शेरबहादुर देउवा नेतृत्वको साबिक केन्द्रीय कार्यसमितिको नाम हटाई गगन थापा सभापति रहेको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
    आयोगको निर्णय सार्वजनिक भएपछि देउवा पक्षधर नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। कान्तिपथ क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। आयोगले भने निर्णय पूर्णतः कानुनी प्रक्रिया र दस्तावेजका आधारमा भएको स्पष्ट पारेको छ।
    विश्लेषकहरूका अनुसार यो निर्णयले दलभित्र विधानको पालना, प्रतिनिधिको सर्वोच्चता र संस्थागत लोकतन्त्रलाई बलियो बनाउने दूरगामी नजिर स्थापित गरेको छ।

  • पिप्राविर्तामा आगलागि, पशु सहित जलेर लाखौको क्षति

    पिप्राविर्तामा आगलागि, पशु सहित जलेर लाखौको क्षति

     

     

    पन्नालाल दास

    २२ कार्तिक, बारा — गएराती बाराको महागढीमाई नगरपालिका -९ स्थित पिप्राविर्तामा   मध्यराति २ बजे भएको आगलागीबाट पशु समेत जलेर लाखौको क्षति भएको छ।

    स्थानीय महादेव प्रसाद यादवको घरमा घरगोठमा मच्छर धपाउन राखेको घुरबाट सल्केर आगलागि हुनगएको स्थानीय समाजसेवी सोनालाल साहले जनाएका छन्।

    घर पूर्णरूपमा जलेर खरानी भएको छ भने घरमै रहेको दुईवटा बाख्रा जलेर खरानी भएको छ। साथै सँगै बाँधिएको भैंसी डढेर गम्भीररूपमा घाइते भएको छ।

    घरगोठमा लता कपडा सहित भाँडाकुडा र घर पूर्णरुपमा खरानी भएसँगै करिब डेढ लाख बराबरको क्षति भएको पीडित यादवले जनाएका छन्।

    मध्यराति घरमा आगोको मुस्लो सल्केपछि पिडित परुवारले छिमेकी गुहार्दै स्थानीयको सहयोगमा आगो निभाईएको  हो।

    आगलागिबाट पीडित भएका मर्मात भएका पीडित परिवारले राहतकालागि गुहार मागेका छन् । तत्कालै डढेर घाईते भएको भैंसीलाई उपचारको व्यबस्था सँगै पिडित परिवारलई राहतको जरुरी रहेको छ।

     

     

  • जेनजी प्रदर्शनकारीले कलैयामा पार्टी कार्यालय जनप्रतिनिधि नेताको घरमा गरे तोडफोड र आगजनी

    जेनजी प्रदर्शनकारीले कलैयामा पार्टी कार्यालय जनप्रतिनिधि नेताको घरमा गरे तोडफोड र आगजनी

    दास पन्नालाल ,

    कलैया , २४ भाद्र—; हिजो जेनजीले काठमान्डौमा  गरेको प्रदर्शनको क्रममा १९ जना युवाले प्रहरीको गोलीबाट मृत्यु भएछि दमनको विरोध जनाउदै बाराको कलैयामा आक्रोशित युवा विद्यार्थीले  यातायात अवरुद्ध गरि टायर बाली भरत चोक र प्रहरीसँग घमसाघम्सी गरेका थिए।

    कलैयामा प्रदर्शनकारीले आज मंगलबार छानी छानी सरकारी कार्यालय, नेता ,सांसद ,पालिकाका जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरेका छन्।

    दिनभर हुलका हुल ठुलो संख्यामा लठीफाठा पोष्टर सहित बजार बन्द गराउदै हिडेका थिए । प्रदर्शनकारीको समुहले नाराबाजी गर्दै एमाले पार्टी कार्यालयमा तोडफोड आगजनीबाट शुरु गरेका नेपाली कांग्रे्स पार्टी कार्यालय, जसपा नेपालको पार्टी कार्यालयमा तोडफोड फर्निचर लागयतका समानहरुमा क्षति पुर्याएका छन्।

    यसै गरि कलैया उपमहानगरपालिका स्थित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको घरमा तोडफोड, बारा क्षेत्र -३ का सांसद  जवाला  साहको घरमा आन्दोलनकारीले तोडफोड आगजनी गरेका छन्

    । यसरी मधेश प्रदेशका सभा सदस्य रविन्द दास श्रेष्ठको घरमा तोडफोडसँगे आगजनी गरेको छ। युवा पुस्ताको जथाले नााराबाजी गर्दै नगर प्रमुख बिनोद साहको घरमा तोडफोड र ढुङगामुढा भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्याँस चलाएका थिए । नगर उप प्रमुख रौसन प्रबीणको घरमा तोडफोड  ढुङगामुढा गरेको छ।

    यसैगरि प्रदर्शनकारीले कलैया स्थित महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र  प्रसाद यादवको  घरमा समेत तोडफोड र आगजनी गरेको छ।

    त्यस्तै प्रदर्शनकारीले युवा जमातको ठुलो संख्याले कलैया उपमहानगरपालिकाको कार्यालयमा गाडीम तोडफोड र भवन फर्निचरमा क्षति पुर्याएको छ। यसैगरि सरकारी वकिलको कार्यालयमा तोडफोड गरेको छ। यसरी  तोडफोड र आगजनिबाट केकति क्षतिको विरवरण आउन सकेको छैन्। जिल्ला प्रशासनले कार्यालय कलैयाले शान्ति सुरक्षा कायम राख्न दिउँसो २ बजे देखि वेलुका साढे ८ वजे सम्म कलैया देखि विभिन्न क्षेत्र तोकि कर्फ्यू आदेश जारी गरेका थिए।बतर कर्प्फ्यु उलंघन गर्दै प्रदर्शनकारीले   विभिन्न घरमा तोडफोड र आगजनी प्रदर्शन गरेका थिए।

  • आगोलागिबाट करिब अढाई लाख बराबरको क्षति

    आगोलागिबाट करिब अढाई लाख बराबरको क्षति

    संवाहक 

    अनलाईन/ राष्ट्रिय दैनिक

    १२ बैशाख, कलैया–– बाराख देवताल गाँउपालिका-७ स्थित बेनौली चोकको पसलमा गएराती पौने एघाह्र बजे आगोलागि भएको छ। आगोलागिबाट लाखौको मालसमान डह्रेर नष्ट भएको प्रहरीले जनाएको छ।

    वेनौली चोकमा बिनोद साहको घर र गुम्ती पसल भाडामा लिई  दौवताल -५ बस्ने ललन महतोले संचालन गरेको नास्ता पसलमा अचानक आगलागी भएको बताईएको छ।

    आगोलागिबाट गुम्ति र पसलमा भएका  सर -सामानहरु जली नष्ट भएको छ। आगोलागिको खवर पाएसँगै उक्त स्थानमा रहेका अस्थायी प्रहरी पोष्ट बेनौलीबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा गएको टोली, दमकल,प्रहरी र स्थानियको सहयोगमा एक घण्टको प्रयासमा  पौने बाह्र बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीको भनाई छ।

    उक्त आगोलागिबाट देवताल गाँउपालिका – ५ बस्ने ललन महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान,ग्यास चुलो २ थान,२ काट्टुन अण्डा,बेन्च र टेवल सिलिङ फ्यान,चिउरा भुजाङ,काठहरु गरी अं.१ लाख ४८ हजार बराबरको क्षती भएको छ।

    त्यस्तै, उक्त आगोलागिको चपेटामा परि छिमेकी देवताल गाँउपालिका -७ बेनौली बस्ने जमुन ठाकुरको सैलुन पुर्ण रुपमा जली अं.३० हजार बराबरको क्षती भएको छ ।

    भन्ने सोही ठाँउका भोज मियाँको मासु पसलको गुम्ति र बिभिन्न सर-सामानहरु जलेर  करीब ३५ हजार गरि तीनै जनाको पसलका मालसमान २ लाख ३३ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजय राज पंडितले जानकारी गराएका छन्।