बारामा सवारी दुर्घटना: सवार मण्डलको मृत्यु,चौरसिया र यादव घाइते

दाश पन्न्नालाल दाश पन्न्नालाल 261 Views

सरोज  दास–

३ फगुन , कलैया। बाराको मानवत मटिअर्वा–पिलुवा सडकखण्डमा आईतवार राति करिब १० बजे भएको  सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

श्रीपुर नजिक भएको थियो, जहाँ प्र.२-०३-००१ त ५३८६ नम्बरको ट्याक्टर र प्रदेश २-०३-०२२ प ५१०४ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा मृत्यु हुनेमा जिल्ला बारा, कलैया उपमहानगरपालिका–१२, धर्मनगरका २५ वर्षीय उपेन्द्र मण्डल रहेका छन्। उनी घटनास्थलमै गम्भीर घाइते भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। भन्ने मोटरसाइकलमा सवार अन्य दुई सोही ठाँउका  २३ वर्षीय करण चौरसिया र २५ वर्षीय सावन कुमार यादव घाइते भएका छन्। घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारको लागि परवानीपुरस्थित एल एस न्युरो हस्पिटलमा लगिएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए र दुर्घटनामा प्रयोग भएको ट्याक्टर चालक फरार छ। यस घटनामा संलग्न गाडी प्रहरी नियन्त्रणमा राखिएको छ भने थप अनुसन्धान जारी रहरको प्रहरीले जनाएका छन्। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
प्रहरीले स्थानीयवासी र राहदानीको सहायतामा घटनास्थलको सर्वेक्षण गर्दै दुर्घटनाका कारण पत्ता लगाउने काम अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
Share This Article