दास पन्नालाल
१९ मंसिर , कलैया– नयाँ एसपीको रुपमा सरुवा भई आउनु भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार प्रहरी कार्यलयमा आयोजित बाराली संचारकर्मीसँगको परिच्यात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
साधन श्रोतले भ्यासम्म नागरिकको जिउधनको सुरक्षामा केन्द्रित रहने बताए। यश अघि भए गरेका सेवा प्रवाहलाई सूक्ष्म समीक्षा गर्दै अघि बढने प्रउ कुँवरले धार णा राखेका छन्।
अपराधनियन्त्रण, सामाजिक सद्भाव र विधिको शासन कायम गर्न आफू सदैव सुरक्षा चुनौतीलाई संवेदनशील रूपमा लिएर प्रहरी संगठनले प्रभावकारी कार्ययोजना अघि सार्ने बताए।
नागरिकको विश्वास जित्ने गरी प्रहरी परिचालन र सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनेछ,” उनले भने। कार्यक्रममा पत्रकारहरुसँग सहकार्य गर्दै पारदर्शी र उत्तरदायी प्रहरी सेवा प्रवाहमा सहयोग अपेक्षा गरिएको पनि एसपी कुँवरले बताए।
राज्यले दिएको जिम्मेवारी बहन गर्दै उनले सञ्चारकर्मीको सुरक्षा प्रति गम्भिर रहेको समेत जनाए ।