मुन्ना कुमार—

२९ भदौ ,काठमाडौं  — अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हालेकी छन्।

जेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरेकी थिइन्।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर नवनियुक्त प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्।

२०७२ सालमा भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय पुनर्निमाण गरिएको थियो । त्यसअघि हालको गृह मन्त्रालयमा प्रधानमन्त्री कार्यालय सञ्चालनमा रहेको थियो।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *