फेटाको भरवलिया स्थित अधुरो सडक पुर्व मन्त्री सोनलको पहलमा पुन: सुचारु

दाश पन्न्नालाल दाश पन्न्नालाल 265 Views

२५ चैत , कलैया — मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनलको पहलमा बाराका फेटा गाउँपालिकामा रहन गएको अधुरो सडकको निर्माण कार्य पुनः सुचारु भएको छ ।

प्रदेश सरकारको योजना अनुसार बाराको भलुही चौकदेखि बतरा सम्मको पाँच किमी सडक कालोपत्रे योजना अन्तर्गत अधिकांश गाउँमा काम सम्पन्न भइसकेको भए पनि भरवलिया र बिनवलिया गाउँमा सडक निर्माण कार्य केही समयदेखि स्थगित रहेको  रमेश श्राफले बताएका छन्।

नेता सोनल आफैँ स्थानीय तहमा पुगेर अगुवा समाजसेवी तथा ठेकेदारहरूसँग छलफल गरी काम तत्काल अघि बढाउने पहल गरेपछि सडक निर्माणको काम पुन: सुरु भएको हो ।  फेटा गाँउपालिका -१ का पुर्व वडाअध्यक्ष जयप्रकाश दासले जानकारी गराएका छन्।

कार्यक्रममा फेटा गाउँपालिका लोसपा प्रत्याशी मदन साह, वडा नम्बर १ का पूर्व वडाध्यक्ष जयप्रकाश दास, पूर्वाधार विकास कार्यालयकी ई. आरती जयसवाल, बैजनाथ पटेल, रामाशंकर पटेल, रामबालक पटेल, नथुनी पटेलसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्थानीयहरूले सडक निर्माण पुनः सुरु भएपछि खुसी व्यक्त गर्दै नेताहरूको सक्रियता र सहकार्यको प्रशंसा गरेका छन् ।अधुरो सडक निर्माण कार्य पूरा भएपछि प्रत्यक्षरुपमा सयौं घर परिवार विगतदेखि खाल्टाखुल्टीको समस्या समाधानले हजारौाानिस लभान्वित हुनेछ।

प्रतिक्रिया
Share This Article