विओपी गोलागंजद्धारा बरामद बिरुवा नष्ट

दाश पन्न्नालाल दाश पन्न्नालाल 250 Views

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

२३ चैत, सिम्रौनगढ—  सिम्रौनगढ स्थित वि.ओ.पि.गोलागंजले शनिवार बिहान अ. साढे ९ वजेको समयमा  सिम्रौनगढ नगरपालिका – ६ अमरपुर सिमा ईलाकामा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा भारतिय फुलका विरुवा बरामद गरेको छ।

वि.ओ.पि.का ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा खटि गएको ४ जनाको मोटरसााईकल गस्ती टोलीलाई देखि अवैध रुपमा भारतबाट २ जना व्यक्तिले २ वटा मोटरसाईकल मा क्यारेटमा राखी नेपाल तर्फ ल्याउदै गरेको फुलका क्यारेट सहितको वेर्ना फालिएको अवस्थामा फुलका बिरुवा बरामद गरिएको जनाएको छ।

विभिन्न जातका फुलका २ हजार ४ सय  गोटा अ.मुल्य रु.२ हजार ४ सय बरावरको सोही स्थानमा गस्ति टोली देखि छाडी मोटरसाईकल लिई भागेको हुँदा उक्त फुलका बिरुवा बरामद गरिएको सशस्त्र प्रनि कार्कीले जनाएका छन्।

बरामद गरी ल्याईएका उक्त अबैध फुलका भारतिय बिरुवा विओपी  गोलागंज बारामा ल्याई वडाका जनप्रतिनिधि ,नेपाल प्रहरी र संचारकर्मीको रोहवरमा वि.ओ.पि. परिसरमा खाल्टो खनी पुरि नष्ट गरिएको छ।

यति थोरै विरुवाको समाउनु र नष्ट नै गरिहाल्नु पर्ने कारण बारे  सशस्त्र प्रनि कार्कीले भने, विरुवाको जरामा रहेको माटोमा जैविक किटाणु मौजुद हुन्छ। यसको असर हाम्रो माटोमा पनि फैलिने खतरा भएकोले यसबाट सुरक्षित राख्न क्वारेन्टाईनको माटो परिक्षण विज्ञअनुसार  खाल्टोमा पुरेर नष्ट गर्नु उपयुक्त हुने बताईएको हँदा  नष्ट गर्नु परेको उनको भनाई रहेको हो।

प्रतिक्रिया
Share This Article